१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

ग्लोबल

उत्तर कोरियाको सबैभन्दा ठूलो शत्रु अमेरिका हो : किम जङ-उन



काठमाण्डौ । उत्तरकोरियाली नेता किम जङ-उनले उत्तर कोरियाको परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको सत्तारूढ वर्कर्स पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भएको उल्लेख गर्दै अमेरिकामा जो राष्ट्रपति भएपनि प्योङयाङप्रतिको नीति परिवर्तन नहुने र त्यो आफुले अपेक्षा पनि नराखेको बताए ।


अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले शपथ लिने दिन आएको बेला उनको प्रतिक्रिया हो ।
किमले पानीमुनि चल्ने (न्यूक्लियर सबमरिन) बनाउने आफ्नो योजना करिब पूर्ण भएको बताएका छन् ।
उनले शत्रुले उत्तर कोरियाविरुद्ध प्रयोग नगरेसम्म आफुले आणविक हतियार प्रयोग नगर्ने उल्लेख गरे ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००