७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

Life Style

सन् २०२१ प्रारम्भ



सन् २०२० लाई विदाई गर्दै आजबाट सन २०२१ प्रारम्भ भएको छ । नयाँ बर्षको संसारभरि उत्साह पूर्वक स्वागत गरिदैछ ।


सन् २०२० मानव सभ्यताकै एक कठिन समयको रुपमा रह्यो । सन् २०२० को स्वागतकै चरणमा चिनको वुहानमा कोरोना भाइरस (कोभिड१९) देखा पर्यो । यो भाइरस विश्वभरी नै क्षणभंगुताकै फैलियो । यसले संसारलाई नै प्रभाव पार्यो । महिनौसम्म कठिन लकडाउनमा बस्नु पर्दा दैनिकीमा अत्यन्तै ठूलो अप्ठ्याराहरु आईपरे । यो समयलाई दोश्रो विश्वयूद्धपछिको सर्वाधिक ठूलो संकटका रुपमा लिइएको छ । यहि भाइरसका कारण लाखौले ज्यान गुमाउनु पर्यो । करोडौ संक्रमित भएका छन् । बेलायत लगायत कतिपय देशहरुमा यसको नयाँ संस्करण देखा पर्नुले झन संशय थपेको छ । आविष्कार गरिएका खोपहरु पनि निष्प्रभावि हुने हो कि भन्ने चिन्ता बढेको छ ।


हरेक महासंकटहरुले एउटा नयाँ पाठ सिकाएर जान्छ । यसले पनि हामीलाई ठूलाठूला विनाशकारी आणविक हातहतियारले होइन मानव जगतलाई अस्पतालले र सस्त्रअस्त्रले शुसज्जित सेनाहरुले होइन सेतो कोट लगाएका स्वाथ्यकर्मीहरुले रक्षा गर्न सक्छ भन्ने देखाएको छ । एन्टी मिसाईल थाडहरु भन्दा हर्नुस त माक्स कति महत्वपूर्ण भए । यहि संकटले हामीलाई साइबर स्पेशमा अभ्यस्त बनायो । विश्व डिजिटल प्लेटफर्ममा गयो । धेरै कारोबारहरु डिजिटल्ली हुन थालेको छ । यसले क्यासलेस कारोबारमा विश्वासनीयता खोज्ने आधार निर्माण गरेको छ ।
वास्तवमै मानिसहरुको आधारभूत बानी व्यवहारमै परिवर्तन आएको छ । हाम्रो संस्कार संस्कृती रितिरिवाजहरु नै परिवर्तन भएका छन् । दैनिकी फेरिएको छ । शताब्दीयाँैमा परिवर्तन हुन नसकेका संस्कारहरु एकै बर्षमा कायापलट भएका छन् ।

भनिन्छ जिन्दगी अनुभवहरुको संगालो हो । हामी एक ठाउँबाट अर्कोठाउँ कतै बसाई सर्दा वा एकदेशदेखि अर्कोदेश जानुपर्दा अवश्य हामीसंग केहि पोको पन्तुरोहरु हुन्छ नै तर त्यो भन्दा ठूलो पोकोपन्तुरोहरु त अनुभवहरुको हुन्छ । संस्कार र सस्कृतीहरुको हुन्छ । बाँचेको उमेरभरी संगालेका तीतामिठा सम्झनाका तरेलीहरु हुन्छन् । हरेक नयाँ बर्षहरु यस्ता अनुभव र अनुभुतीहरु थप्दै वित्दै जान्छ ।

यसरी हेर्दा फेरी एकपटक हामीलाई सन् २०२० ले अनेकन अनुभव अनुभूतिहरु दिएर विदा भएको छ । अब हामी नयाँ अनुभुतीहरु तर्फ मोडिएका छौ । खास गरि हामी नेपालीहरु विविधमा रमाउँछौ । चाडपर्व रितिरिवाज मात्र होइन हाम्रो समुदाय अनुसार क्यालेण्डर पनि फरकफरक छन् । एलेसम्बत, विक्रमसंवत, नेपाल संवत जस्ता क्यालेण्डरहरु हाम्रो प्रचनमा छ । विश्वव्यापीकरणसंगै पछ्छिलोदिनहरुमा ईस्वीसंवतलाई पनि उतिकै महत्वका साथ मानिने गरिन्छ । उतिकै आधार, सम्मान र इज्जतका साथ शुभकामना आदनप्रदान गरि सेलिब्रेसन गर्ने चलन छ । हामी पनि हाम्रा प्रिय पाठकहरुमा यो शुभविहानीसंगै २०२१ सालको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ ।


यो सन् २०२१ तपाईहरुको शुभ बर्षको रुपमा रहनसकोस । पाईलाहरुले गन्तव्य भेटुन । रहर लाग्दा सपनाहरु पुरा भएको बर्ष बन्न सकोस ।
नेपालीहरुको ठूलो त्याग तपस्या र दशकौको आन्दोलनबाट स्थापित भएको संघीय गणतन्त्र र तीनतहको सरकार निर्माणसंगै नयाँ संविधान कार्यान्वयनको चरणमा छौ । विकास र समृद्धिको स्वप्निल नारा । स्थिर सरकारको बेग्लै उत्साहमा फेरि एक पटक बादल लागेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा आएको विभाजनसंगै पाँच बर्षे स्थिर सरकार र जनताको समृद्धिको सपनामा फेरि एक पटक तुषारापात हुने देखिन्छ । एउटा सुन्दर सपना तुहिएको बर्षको रुपमा पनि सन् २०२० दर्ज हुने देखिएको छ । यस्ता विषम परिस्थिति र परिधिहरु तोड्दै अगाडी बढ्नु पर्ने विन्दुमा हामी उभिएका छौ ।

यो नयाँ बर्षमा नयाँ संंकल्प गरौ । तपाईको चाहाना र कामनाहरु पुराहोस । संन् २०२१ को समीक्षा गर्ने चरणमा पुग्दा तपाई सन्तुष्टीका सास फेर्न सक्नुहोस ।

विकास र प्रविधिले तीव्र फड्को मारेसंगै हामीसंधै हतारोमा छौ । हामी डौडिरहेका छौ । हामीलाई ठुलाठुला भौतिक सुखसुविधाहरु चाहिएको छ । सुख र समृद्धिका मानकका रुपमा भौतिक सुखसुविधाहरुको लामो लिस्ट पर्न थालेका छन् । हामी त्यसकैपछि दौडिरहेका छौ । दौडिरहेछौ । दौडिदादौडिदै आफैलाई भने विर्सिदै गएका छौ । सोच्नुहोस त आफैलाई विर्सिएर कमाएको धन दौलत र भौतिक सुखसुविधाको के काम ? सोच्नुहोस है यो बर्ष चाहि आफ्नो मनको कुरा सुन्ने फुर्सद निकाल्नुहोस । मनको आवाज सुन्नुहोस । आफ्नो सपनाहरु सुम्सुम्याउनुहोस । मुस्कुराउनुहोस । त्यो मिठो मुस्कान भन्दा ठूलो तपाईको जीवनका अर्को अभिलाशा हुन्छ जस्तो लाग्दैन ।
पुनः एकफेर सन् २०२१ को हार्दिक शुभकामना ।

pic- wishesmsg.com

प्रकाशित : १७ पुस २०७७, शुक्रबार ००:००