६ बैशाख २०८१, बिहिबार । April 18, 2024

अर्थ

आजदेखि उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हट्यो



काठमाडौं । कोरोना (कोभिड–१९) महामारी कारण उपत्यकाका सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । बिहीवार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदूरसहित बसेको बैठकले शुक्रवारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

शुक्रवारदेखि सबै किसिमका सवारी साधन गुड्न पाउने तर त्यसका लागि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य गरिएको छ ।

कहामारी रोकथाम तथा नियन्त्रणका लागि अत्यधिक भीडभाडलाई कम गर्दै भौतिक दूरी कायम गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडौं उपत्यकामा असोज ६ गतेबाट जोरबिजोर प्रणाली लागू गएको थियो ।

सरकारी तथा निजी कार्यालयहरू पूर्णरूपमा खुल्दै गएको र जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गर्दा भीड बढ्दै गएकाले यातायात व्यवसायीहरूले यो प्रणाली हटाउन माग गरेका थिए ।

प्रकाशित : ३ पुस २०७७, शुक्रबार ००:००