११ बैशाख २०८१, मंगलबार । April 24, 2024

पर्यटन

सगरमाथाको नयाँ उचाई आज सार्वजनिक गरिदै



काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गर्ने भएको छ । नेपाल र चीनको संयुक्त टोलिले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागेको हो ।

बुधबारको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति दिएको हो ।
१३ वर्ष लामो मापन कार्य सम्पन्न भएर सगरमाथाको नयाँ उचाई घोषणा गर्न लागिएको हो । आर्थिक वर्ष २०६४÷०६५ बाट मापन सुरु गरिएको थियो ।
सरकारले आफ्नै देशको स्रोतसाधनमा सगरमाथाको उचाई पहिलो पटक मापन गरेको छ । २०७२ को महाभूकम्पबाट देशका उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो । त्यहि सन्दर्भमा सगरमाथाको उचाई थपघट भएको हुनसक्ने भएकाले नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा उचाई मापन गरिएको हो ।

प्रकाशित : २३ मंसिर २०७७, मंगलबार ००:००