१२ बैशाख २०८१, बुधबार । April 25, 2024

समाचार

आज राती १२ बजेदेखि देशभर उपनिर्वाचनको मौन अवधी सुरु



शनिबार हुने उपनिर्वाचनमा लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरुले चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने बुधबार राति सकिन्दैछ ।

यहिं असोज १४ गतेका दिन हुने उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागु भएसँगै भाेट माग्ने समय सकिने भएकाे हाे । दलहरुले चुनाव प्रचार प्रसार गर्ने र भोट माग्नका लागि आजसम्म मात्र हो । बुधबार मध्यरात १२ बजेपछि चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाइने छैन । मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ । आचार संहिता उल्लङ्घनको मात्रा हेरी निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्नेदेखि १ लाख रुपैयाँ जरिवनासम्म गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।

दलका उम्मेदवारहरु मौन बस्ने र मतदाताले सही मताधिकार प्रयोग गर्ने समयको रूपमा मौन अवधिलाई लिइन्छ । आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘मौन अवधिमा उम्मेदवार मौन बस्छन्, उनीहरुले भोट माग्ने, घरदैलो गर्ने, सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न पाउँदैनन् । मतदाताले यो संयमतासहित मताधिकार प्रयोगका लागि सोच्ने बेला हो ।’

मौन अवधि उम्मेदवार तथा दलहरुलाई मात्र नभएर सर्वसाधारणमा समेत लागू हुन्छ । यस अवधिमा कुनै प्रकार वा माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न नहुने आयोगले जनाएको छ । पछिल्लो समय प्रचार प्रसारको माध्यमसमेत बन्दै आएको सामाजिक सञ्जाललाई पनि आयोगले निगरानी गर्दैछ । आयोगअन्तर्गतको मिडिया अनुगमन एकाइले सामाजिक सञ्जालमा मौनअवधि उल्लङ्घन भए– नभएको अनुगमन गर्नेछ । मौनअवधि उल्लङ्घन भएमा कानुनअनुसार कारबाही हुने आयोगले प्रष्ट पारेको छ ।

३५ जिल्लाका ४४ स्थानीय तहका ४८ पदमा निर्वाचन हुँदैछ । यस्तै प्रदेशसभा तर्फ ३ र प्रतिनिनिधिसभा तर्फ १ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यी सबै क्षेत्रका उम्मेदवारहरुलाई आचार संहिता लागू हुन्छ । उपनिर्वाचनको चुनावी प्रचारका क्रममा दर्जनभन्दा बढी आचार संहिता उल्लङ्घनको उजुरी परेको र त्यसको सम्बोधन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००