११ चैत्र २०८०, आइतबार । March 24, 2024

Life Style

खाली पेटमा खान नहुने खानेकुरा



हामीले खाने खानाले हाम्रो स्वाथ्य अवस्थामा प्रभाव पार्छ । त्यसैले हामीले दैनिक खाने आहारामा विशेष ख्याल गर्नु पर्छ । एसिडको बढी भएको खाद्यपदार्थ नियमित खानाभन्दा अगाडि सेवन गर्दा स्वास्थ्यलाई हानी गर्छ । त्यस्ता खानाहरु खाली पेटमा खानुहुँदैन । हल्का मनतातो पानी खाएर मात्र त्यस्तो खाना खानुपर्छ ।

औषधि
केहि औषधि खाली पेट नखानू भनेर चिकित्सकले सल्लाह दिन्छ । खाली पेटमा औषधि खानाले पेटमा एसिड बढेर असन्तुलन पैदा हुन्छ ।

गोलभेंडा
गोलभेंडामा एसिडको मात्रा हुन्छ, जसलाई खाली पेटमा खाँदा असर पु¥याउँछ । यसले पेटमा नघुल्ने किसिमको जेल बनाउँछ, जसको कारणले पेटमा पत्थरी बन्न सक्छ ।

चटपटे खाना
खाली पेटमा कहिल्यै पनि चटपटे खाना खानुहँुदैन । यसमा एसिडको मात्रा धेरै हुन्छ, जसले हाम्रो पाचनक्रिया बिगारिदिन्छ । यस्तो खानेकुरा खानाले पेटसम्बन्धी समस्या आउँछ ।

सोडा
सोडामा ठूलो मात्रामा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा सेवन गर्नाले बान्ता आउन सक्छ । साथै असहज महसुस हुन सक्छ ।

अल्कोहल
खाली पेटमा अल्कोहल खानाले पेटमा जलन हुन थाल्छ । यसकारण, खाना पनि ठीकसँग पच्दैन र स्वास्थ्य समस्या आउँछ ।

तरुल
तरुलमा ट्यानिन तथा प्याक्टिनको मात्रा बढी हुन्छ । त्यसकारण, यसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या हुन्छ ।

केरा
खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा धेरै बढ्छ । यसकारण, शरीरमा क्याल्सियम तथा म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ ।

दही
दही स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, खाली पेटमा यो खानाले पेट दुख्न सक्छ ।

कफी
खाली पेटमा कफी पिउनु हानिकारक हुन्छ । यसमा क्याफिन ततव हुन्छ, जसले खाली पेटमा नकारात्मक असर पार्छ । बिहान कफी खानै परे पहिले एक गिलास पानी पिउन सकिन्छ ।

चिया
खाली पेटमा चिया पिउनु पनि राम्रो होइन । चियामा उच्च मात्रामा एसिड हुन्छ, जसको कारणले पेट दुख्न सक्छ । यसले ग्यास्ट्रिकसमेत बढाउँछ ।

प्रकाशित : १० मंसिर २०७६, मंगलबार ००:००