१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

पाकिस्तानी गायिका पिर्जादाको यौन गतिविधि सहितको गोप्य भिडियो बाहिरिएपछि पाकिस्तानमा तनाव



इस्लामाबाद १ मंसिर । पाकिस्तानी गायिका रबी पिर्जादा यौन गतिविधि सहितको भिडियो सार्वजनिक भएपछि तनावमा छिन ।
भिडियो भिडियो भाइरल भएपछि उनले भर्खरै सार्वजनिक अभिव्यक्ति दिएकी छन् ।

आफ्नो व्यक्तिगत भिडियो तथा फोटो सार्वजनिक गर्ने दुईजनालाई सरकारी अनुसन्धान विभागले पक्राउ गरिसकेको उनको दावी छ ।

गायिका रबीको दुई साताअघि यौन गतिविधि सहितको भिडियो र फोटो ‘लिक’ भएको थियो । आफूले गल्ती गरेको भए आफूले अल्लाहबाट दण्ड पाउने भन्दै उनले कुरानको नीति उपदेश वाचन समेत गरेकी छिन्। साथै रबीले अल्लाहसँग आफ्नो कामको लागि माफी समेत मागेकी थिइन् ।

आफ्नो पक्षमा वकालत गर्ने महिलाहरुलाई उनले धन्यवाद दिएकी छन् । उनको भिडियो र फोटो सार्वजनिक भएपछि पक्षमा र विपक्षमा पाकिस्तानमा ह्यासट्याग आन्दोलन नै भयो ।

प्रकाशित : १ मंसिर २०७६, आइतबार ००:००