१२ चैत्र २०८०, सोमबार । March 25, 2024

बिचार

अयोध्यामा मस्जित मात्र हैन, निर्मोही र बुद्धिष्टको पनि दावी

हिन्दुको एउटा अग्नीपरिक्षा अदालतमा




हिन्दुहरुले विश्वास गरिआएको तेत्तीस करोड देविदेवताको वैज्ञानिक प्रमाणिकरण आजसम्म कहिँपनि भएको छैन । छ त केवल मुर्ती अनि मंदिरहरु । ती मध्ये प्रख्यात मंदिर र मंदिर भित्र रहेका अधिकांश मुर्तीहरुका बारेमा अहिले पुरै हिन्दुस्तान (भारत)मा खलवली हुनेगरी बिवाद आईरहेको छ ।

जसमध्ये सवैभन्दा ज्यादा बुद्धिष्टहरुले आफ्नो चैत्यविहारहरुलाई हिन्दुले कब्जा लिएको आरोप लगाउने गरेका छन् । भारतको बद्रिनाथ, केदारनाथ, अजन्त मंदिर, बालाजी मंदिर लगायत हिन्दुहररुको मुख्य केन्द्रहररुमा बुद्धिष्टहरुले आफ्नो हो भनेर स-प्रमाण दावी गरिरहेका छन् । तर दावीको कहीँ कतैबाट सुनुवाई भएको छैन । तथ्यांक अनुसार भारतमा एक प्रतिशत भन्दा कम जनसंख्या बुद्धिष्टहरुको रहेको छ । यस्तो अवस्थामा बुद्धिष्टहरुले अहिलेनै ति मठमंदिरहरु आफ्नो हातमा पारिहाल्ने स्थिति पनि देखिन्न । तर राम जन्मस्थल भनेर हिन्दुहरुले दावी गरेको बाबरी मस्जितको स्थिति के होला ?
उत्तरप्रदेशमा रहेको राम जन्मस्थल-बाबरी मस्जित बिवादबारे अहिले भारतको सर्बोच्च अदालतमा मुद्दा चलिरहेको छ । अगस्ट ७ देखि सुरु भएको सुनुवाई एक महिना सम्ममा सकिने भनिएपनि हाल सम्म समाप्त भएको छैन । श्रोत अनुसार अक्टोबरको १८ तारेख सम्ममा सुनुवाई सकिने र नोभेम्बरको पहिलो हप्ता तिर फैसला हुने जनाएका छन् । सुनुवाई लम्बिए पनि फैसला हुने सम्भावनालाई नकार्न सकिन्न । किनकी प्रधानन्यायाधिश रञ्जन गोगोईको कार्यकाल नोभेम्बर महिनाको १७ तारेखमा हुँदैछ ।

नतिजा राम कि मस्जित ? वा अन्यको पक्षमा ?

पहिले बाबरी मस्जित रहेको ठाउँ नै राम जन्मभुमि हो भनेर हिन्दुहरुले दावी गरे । सो दावीलाई सन् १९९२ का तत्कालिन हिन्दुवादी भाजपा सरकारका गृहमंत्री लालकृष्ण अडवानीले उर्जा दिए । उर्जाबाट आक्रोसित भिडले मस्जित लडाईदियो । त्यसपछि हिन्दु मुस्लिमविच हिंसाको स्थिति पैदा भयो । हिन्दु र मुस्लिम विचको हिंसालाई रोक्न अदालतले यो मुद्दा जिम्मा लियो । मुद्दा लड्नका लागि बुद्धिष्टहरुको ज्यादा प्रमाणहरु भएपनि उनिहरुको तर्फबाट मुद्दा लड्न कोहिपनि उपस्थित भएनन् । त्यसपछि यहाँ तीन पक्षले मुद्दा लडिरहेका छन् । राम जन्मभुमी हिन्दु पक्ष, निर्मोही अखाडा साधु पक्ष र सुन्नी मुस्लिम पक्ष छन् ।
राम जन्मभुमी दावी गर्ने हिन्दु पक्षका वकिलले विवादित स्थलमा राम जन्मिएको भन्ने बारे शास्त्रमा उल्लेख भएको बताए । तर प्रमाण भने पेश गर्न सकेनन् । प्रमाणको लागि उनले रामको मुर्ती मस्जित भित्र रहेको पनि बताए । तर सो मुर्ती सन् १९३४ मा भएको तोडफोड पछि कसैले लुकिछिपि राखेको भन्ने प्रमाणित भैसकेको छ । उता निर्मोही अखाडा भन्ने जो साधुको भेषमा रहनेले आफ्नो पुज्य भुमी रहेको दावी गरेका छन् । उनिहरुले अदालतमा दावी गरेपनि कुनै प्रमाण पेश गर्नभने सकेनन् । अहिले मुस्लिम पक्षको तर्फबाट वकिल राजिव धवनले आफ्नो दावीका भनाईहरु रखिरहेका छन् । संचार माध्यमका अनुसार उनको तथ्यपरक भनाईलाई अदालतले समेत प्रमाणित गर्न सक्नेछन् । यसको अर्थ अदालतले राम जन्मभुमि पक्ष र निर्मोही अखडा पक्षको दाविलाई गलत सावित गर्दै बाबरी मस्जित पक्षमा फैसला गर्ने सम्भावना छ । तथापि हिन्दुहरुको पक्षबाट सन् १९३४ देखि पटक पटक आक्रमण भएको यो राम जन्मभुमि–बाबरी मस्जितको बारेमा दुधको दुध र पानीको पानी जसरी छुट्याएर फैसलाहुनेमा संका गर्न सकिन्छ ।
किनपनिभने, भारतमा अहिले हिन्दुबाट धमाधम बुद्धिष्ट हुनेक्रम चलिरहेको छ । यी भारतमा बुद्धिष्ट हुने लहर हेर्दा लाग्छ अबको १० वर्षमा मुस्लिम भन्दा ज्यादा संख्या बुद्धिष्ट हुन सक्छ । यो संख्याले १० वर्षपछि फेरी अर्को आन्दोलन नहोला भन्न सकिन्न ।

बुद्धिष्टहरुले खासगरी मस्जित भनिएको गोलाकार भवन शाकेत बौद्धस्तुपा थियो । त्यसैगरी उनिहारुले अयोध्या भन्दा पहिले त्यो नगरको नाम शाकेत भएको प्रष्ट पारेका छन् । सम्राट अशोकको पाला सम्म शाकेत नगरि थियो । कालान्तरमा अयोध्या नामांकन भयो । त्यहाँभीत्र र बाहिर सवै बुद्धका चित्र र मुर्तिहरुथिए । यी सवै अनुसन्धान पुरातत्वविभागले प्रमाणित गरिसकेको छ । आफ्नो प्रमाणको आधारमा भोली राम जन्मभुमि–बाबरी मस्जित दुवै नभएर बुद्ध विहार भएको दावी गर्न आयो भने यो समस्याको जिम्मा कसले लिने? त्यसैले, प्रधानन्यायाधिस गोगोईले बिवाद बारे पहिले, अहिले र भोलीको स्थितिबारे प्रष्ट बुझेर फैसाला गर्नेमा आसाबादी होऔं ।

प्रतिक्रियाकोलागिः [email protected]

प्रकाशित : २ आश्विन २०७६, बिहिबार ००:००