१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

समाजवादी पार्टी सम्बद्ध लिम्बुवान समितिद्धारा असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा विरोध



समाजवादी पार्टी नेपाल सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिले संविधान दिवस असोज ३ गते लिम्बुवानको लागि कालो दिनको रुपमा मनाउने एक प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् । नेपालमा पहिचान सहितको राज्य प्राप्ति र विभेद्का बिरुद्ध सबैभन्दा धेरै आन्दोलन लिम्बुवानमै हुँदै आएको र लिम्बुवान प्रदेश प्राप्तिको लागि लिम्बुवानी २०६४ साल फागुन १८ गते र चैत्र ६ गते नेपाल सरकार र लिम्बुवान बीच संविधानसभा मार्फत् संवैधानिक रुपमा लिम्बुवान सुनिश्चित गर्ने भनी ५ बुँदे सम्झौताको राज्यले बेइमानी र बद्नियत पूर्वक उल्लङ्घन गर्दै सम्झौताको धज्जी उडाएको भन्दै खेद व्यक्तसमेत गरिएको छ ।

समाजवादी पार्टी नेपाल सम्बद्ध लिम्बुवान राष्टिय समितिको संयोजक खगेन्द्र माखिमद्धारा हस्ताक्षरित विज्ञप्तीमा २०६४ सालको पहिलो संविधानसभा मार्फत् लिम्बुवान सहित पहिचानमा आधारित १० प्लस १ प्रदेशहरू सुनिश्चित हुने भएकाले पहिचान विरोधी नश्लीय दल र तिनका नेताहरूले षडयन्त्र गरी संविधानसभानै विघटन गरी दोस्रो संविधानसभाको निर्वाचन पहिचानको आधारलाई नामेट पार्ने नियोजित षडयन्त्र गरिएको आरोप लगाएका छन् । । बद्नियतपूर्वक शासनसत्ता हातमा लिएका नश्लीयवादी दलहरूले सत्ताको दुरुपयोग गरी पैसाको खेल र खोक्रो विकासको नारा लाएर जनतालाई झुक्याई निर्वाचनको परिणाम पनि पहिचान विरोधी दलहरूको पक्षमा पारेको र नेपालकोृ संविधानले देशमा विद्यमान जातिय,लैेिङ्गक र भाषिक विभेदलाई हटाउन नसकेकाले संविधान पूर्ण नभएकोले असोज ३ लाई कालो दिवसको रुपमा लिम्बुवानभरि विरोध कार्यक्रमको रुपमा मनाइने उक्त लिम्बुवान राष्टिय समितिका सदस्य सजिव योङ्याले बताए ।

प्रकाशित : २ आश्विन २०७६, बिहिबार ००:००