१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

Uncategorized

निरास भईहाल्नु पर्ने अवश्था छैन् : नेम्वाङ




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संविधान निर्माण भएको चार वर्षमा महत्वपूर्ण आधार खडा गरेको हुँदा निराश हुनुपर्ने ठाउँ नरहेको बताएका छन् ।चौथो अधिवेशनअर्थात् बजेट अधिवेशनको समापनका अवसरमा उहाँले संविधानकै आधारमा उभिएर समग्र विकास गर्न सक्ने अवस्था रहेको बताएका हुन् । “नेपालको इतिहासमा संविधानका लागि अब राजनीतिक आन्दोलन गर्नुपर्ने आवश्यकता रहेन, समृद्ध नेपाल निर्माणका लागि आधार तयार गरेका छौँ”, उनले भने, “जनताका लागि जनताकै प्रतिनिधिले बनाएको नेपालको संविधानले विश्व इतिहासमै शीर ठाडो हुने र छाती फुल्ने काम गरेका छाँै, अलिकति पनि निराश हुनुपर्ने ठाउँ छैन ।” नेता नेम्वाङले संविधान कार्यान्वयनका क्रममा भएका केही कमीकमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वसभामुख नेम्वाङले चौथो अधिवेशनमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरणको कानून निर्माण गरेको र ७० वर्ष लामो जनताको भावनालाई मूर्तरुप दिँदै सत्तापक्ष र प्रतिपक्ष सबै लिएर अहिलेको अवस्थामा ल्याउनु महत्वपूर्ण काम भएको स्पष्ट पारेका छन् । “नेपालको संवैधानिक इतिहासमा यसअघिका संविधानका स्रोत तत्कालीन शासक थिए तर वर्तमान संविधानको स्रोत जनता नै हुन ।” नेता नेम्वाङले भने, “अहिलेको संविधानको प्रस्तावनामा नै हामी सार्वभौमसत्ता नेपाली जनता, संविधानसभाबाट नै संविधान बनाएर घोषणा गर्छौं भनेर लेखिएको छ, नेपालको इतिहासमा पहिलोपटक जनताका लागि जनताले बनाएको संविधान हो ।”

नेपालको इतिहासमा महत्वपूर्ण काम सम्पन्न गरेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयन गरेर यहाँसम्म आइपुग्दा प्रतिपक्ष, सत्तापक्ष सबै एकता भएर कार्यान्वयन गर्ने सिलसिलामा अगाडि गरेको स्मरण गरेका थिए। संविधानअनुसार तीन तहको निर्वाचन सम्पन्न गरी मौलिक अधिकारका कानून तीनवर्षभित्र बनाउनु ठूलो सफल गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाको बाँकी रहेको सङ्क्रमणकालीन न्यायको काम पनि छिट्टै निष्कर्षमा पु¥याउने उल्लेख गरेका छन् । “सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कानून नयाँ पदाधिकारी ल्याउने तयारी भइरहेको छ”, नेता नेम्वाङले भने, “अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको फैसला र सरोकारवाला पक्षसँग छलफल गर्ने अन्तिम गृहकार्य गरेर टुङ्ग्याछौँ, एक वर्षमा नसकिए, दुई वर्षभित्र काम काम सम्पन्न गर्नेछौँ ।”

प्रकाशित : २ आश्विन २०७६, बिहिबार ००:००