१३ चैत्र २०८०, मंगलबार । March 27, 2024

ग्लोबल

पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ



काबुल २ असोज (सिन्ह्वा) पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लाग्नु भएको छ । संयुक्त राष्ट्रसंघ साधारण सभाको ७४ औ अधिवेशनमा भाग लिन न्युयोर्क जानुअघि उहाँ दुई दिनको भ्रमणका क्रम साउदी अरेबिया पुग्नु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ साउदी भ्रमणको क्रममा प्रधानमन्त्रीले साउदी नेतासँग भारतीय नियन्त्रित काश्मिरको “गम्भीर अवस्था“ को विभिन्न विषयमा छलफल गर्नु हुनेछ । उहाँँले काश्मिरको विशेष स्थिति खारेज गर्ने भारत सरकारको गत महिना निर्णयपछिको अवस्थाको विषयमा छलफल गर्नुहुने बताइएको छ । प्रधानमन्त्री खानले काश्मिरको मुद्दामा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग नियमित सम्पर्कमा रहनु भएको कुरा प्रधान मन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ । प्रधानमन्त्रीको भ्रमणको क्रममा दुबै पक्षले आर्थिक साझेदारीलाई थप सुदृढ पार्ने तरिकाहरूमा पनि छलफल गर्नु हुने अनुमान गरिएको छ । साउदी राजकुमारले सन् २०१९ फेबु्रअरीमा पाकिस्तानको भ्रमण गर्नु भएको थियो । पाकिस्तान र साउदी अरेबिया सम्बन्धमा बढ्दो गति बढदै गएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : २ आश्विन २०७६, बिहिबार ००:००