७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

समाचार

महानिर्देशकमा पोखरेल नियुक्त



ः स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा वरिष्ठ चिकित्सक रोशन पोखरेल नियुक्त हुनुभएको छ । सोमबारको मन्त्रिस्तरीय निर्णयबाट ११औँ तहमा कार्यरत वरिष्ठ मनोचिकित्सक पोखरेललाई सो पदमा नियुक्त गरिएको हो ।

निवर्तमान महानिर्देशक सुशीलनाथ प्याकुरेलले भदौ २१ गतेदेखि उमेरहदका कारण अवकाश लिनुभएको थियो । महानिर्देशक पदमा १२औँ तहको चिकित्सक हुनुपर्ने प्रावधान छ । एघारौँ तहका वरिष्ठतम् भएकाले पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिइएको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उहाँ लामो सयमदेखि विराटनगरस्थित कोशी अञ्चल अस्पतालको निर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो । 

प्रकाशित : ३१ भाद्र २०७६, मंगलबार ००:००