८ बैशाख २०८१, शनिबार । April 20, 2024

पर्यटन

लेक लागेर पर्यटकको मृत्यु



मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो । केही दिनयता लगातार वर्षा हुँदा पर्यटकलाई समस्या भएको छ । निरन्तरको वर्षा र बाक्लो हुस्सुका कारण खुम्बु क्षेत्रको भ्रमणमा आएका सयौँ पर्यटक लुक्ला आएर बसेका छन् । 

 केही पर्यटक झण्डै डेढ घण्टा पैदल यात्रापछि सुर्के आएका छन् । उनीहरु हेलिकप्टरमा काठमाडाँै फर्किने तयारीमा छन् । आज बिहान चाँैरीखर्क र सुर्केबाट विदेशी तथा नेपाली यात्रु लिएर गएका १० हेलिकप्टरले काभ्रेपलाञ्चोक र रामेछापमा आकस्मिक अवतरण गरेका थिए । शुक्रबारदेखि मौसम प्रतिकूलका कारण  खुम्बु क्षेत्रको जनजीवन कष्टकर बनेको छ । 

प्रकाशित : ३१ भाद्र २०७६, मंगलबार ००:००