७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

ऐन अनुसार नै मेरो नियुक्ति : प्रा डा गिरी



चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आफ्नो राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार नै योग्यता र अनुभव पुगेको बताउनुभएको छ । आयोगको योग्यताअनुसार चिकित्सा विषयमा स्नातकोत्तर तहमा चारवर्षे अध्ययन र चीनबाट एकवर्षे चिकित्सा विषयमा ‘पोष्ट ग्र्याजुएट’ गरेको गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा दश वर्षभन्दा बढी प्राध्यापन पेशामा अध्यापन तथा अनुसन्धान तथा हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सेवारत रहेको जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यमा आफ्नो योग्यताका सम्बन्धमा गलत प्रचार गरिएको गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “चिकित्सा आयोगजस्तो नियमनकारी निकाय उच्च मनोबलका साथ आफ्ना कार्यलाई अगाडि बढाउने बाटोमा लागेको छ”, विज्ञप्तिमा भनिएको छ । सरकारले केही दिन अघि आयोगको उपाध्यक्षमा प्रा डा गिरीलाई नियुक्त गरेको हो ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलबार ००:००