६ माघ २०८१, आइतबार । January 19, 2025

मुख्य खबर

प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत : कोइराला



काटमाण्डौं,चैत २४, २०७५/नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको बताएका छन् । नेपाल महिला संघ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आइतबार आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा कोइरालाले उक्त आरोप लगाएका हुन ।

कार्यक्रममा महामन्त्री डा। शशांक कोइरालाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई एकताबद्ध बनाएर लाने काममा आफू सक्रिय भएर लागेको समेत बताएका छन। उनले नेपाली कांग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दावी गर्दै महामन्त्री डा। कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताए। उनले भने, ुम पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन, कांग्रेस फेरि ठूलो पार्टी हुन्छ।

प्रकाशित : २४ चैत्र २०७५, आइतबार ००:००