६ माघ २०८१, आइतबार । January 19, 2025

ग्लोबल

मोदीको चुनावी प्रचार अभियान बिहिबार सुरू हुने



जम्मु काश्मिर ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्ने भएकोछ ।

उहाँको अभियान जम्मु काश्मिरबाट सुरु हुने भारतीय जनता पार्टी ९भाजपा०का महासचिव राम माधवले बुधबार जानकारी दिए ।

“प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्नुहुनेछ, र अभियानका लागि उहाँ जम्मु काश्मिरमा आउने कार्यक्रम रहेको छ,” राम माधवले भने ।

प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट सुरु गर्नुले पनि यस ठाँउप्रतिको मोदीको चासो प्रष्ट र पुष्टि हुने उहाँको भनाई छ ।

केही क्षेत्रीय पार्टीहरूले भने नगरपालिका र पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् ।

“ती पार्टीहरुले बहिस्कार गरेको निर्वाचन मार्फत् तल्लो तहबाट उनीहरु नेता चाहेका छैनन्, त्यसैले उनीहरुले बहिस्कार गरेका हुन्,” उहाँले भने ।

सन् २०१४ मा भएको निर्वाचनमा यस राज्यमा भाजपा विजयी भएको थियो । जम्मु, उदामपुर र लाडाख गरी तीन सिटमा विजयी भएको हो ।

अहिले जम्मु र काश्मिरमा लोक सभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । अप्रिल ११ बाट सुरु भइ अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने भएको छ ।

प्रकाशित : १४ चैत्र २०७५, बिहिबार ००:००