२९ चैत्र २०८०, बिहिबार । April 11, 2024

मुख्य खबर

पत्रकारिता क्षेत्रको दुरुपयोग गरेर राजनीतिक प्रतिशोधमा नलाग्न निताको आग्रह

महिला भलिवल प्रतियोगिता गराउदा ‘ब्रह्मलुट’ भएको पुष्टि गर्न चुनौती



मोरङ । ‘मैले महिला भलिबल प्रतियोगिताको आयोजना गरेर अपराध गरेको भए हतकडि लगाएर लान चुनौति दिन्छु ।’ मोरङ पथरीशनिश्चरे नगरपालिका स्थित पथरी बहुमुखी क्याम्पसको उपसभापति समेत रहेका निता राईले भनिन ‘पत्रकारिता क्षेत्र दुरुपयोग गरेर राजनीतिक प्रतिशोध लिन पाइन्छ ? ।’ मिडिया हातमा छ भन्दैमा प्रमाणित नहुने कुरा लेख्न पाइन्छ ? दर्तासमेत नभएका केही अनलाइनहरुले मेरो बारे केहीदिन देखि भ्रामक कुराहरु लेखिरहेका छन । चित्त बुझेन भने पत्रकारले आफ्नो मनमा उब्जिएको कुरा समाचारको रुपमा लेख्न पाउछन ? निरन्तर प्रश्न थियो निता राईको । उनी किरात राई खेलकुद संघ मोरङको अध्यक्ष समेत हुन् । पूर्व एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको पथरी बहुमुखी क्याम्पसको नेता तथा स्ववियु उपसभापति पनि हुन् । स्ववियु निर्वाचन हुदा संगठनको तर्फबाट सभापतिको बलियो दावेदार पनि । निताकै नेतृत्वमा रहेको किरात राई खेलकुद संघले गएको फागुन ३० गते मोरङ जिल्ला क्याम्पस स्तरीय प्रथम बलिबल प्रतियोगिताको आयोजना गरेको थियो । सो दिन विप्लव नेकपाको नेपाल बन्दको कारण दुई वटा मात्र क्याम्पस आएपछि पथरीको दुई वटा निजी स्कुलहरु सहभागि गराएर चारवटा टिमवीच प्रतियोगिता गराएका थिए । छ टिममा दुई वटा मात्र क्याम्पस सहभागि भएको, क्याम्पस स्तरीय भनेर दुई वटा स्कुललाई सहभागि गराएर निता राईले ब्रह्मलुट, ठगि, झारो टार्ने काम लगायतको शब्दहरु प्रयोग गर्दै केही अनलाइनहरुले समाचार लेखेपछि किरात राई खेलकुद संघले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा र हिसाव सार्वजनिक गरेको हो । कांग्रेस निकट पत्रकारहरुले पत्रकारिता क्षेत्रको दुरुपयोग गरेको निताको भनाइ छ । महिला भलिवल प्रतियोगितामा नगद उठेको ६९ हजार ९०५ र खर्च ८३ हजार ७४५ रुपैया भएको र ३५ हजार उठ्न बाँकी हिसाव सार्वजनिक गरेको छ । हिसाव हेर्दा नगद उठकोमा १३ हजार ८४० घाटा देखिन्छ । उठ्न बाँकी ३५ हजार उठेमा बल्ला २१ हजार १६० रुपैयाँ संस्थाको लागि बच्ने देखिन्छ । नेपाली कांग्रेससँग निकट पत्रकारहरुले चलाएको केही अनलाइनहरुले निरन्तर निता राईमाथि प्रहार गरेपछि बिषय पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो कुरा राखेका हुन् । महिला खेलाडी र भलिवल खेलको बिकास होस भन्ने उदेश्यले खेलको आयोजना गर्नु मेरो अपराध हो ? ६ टिममा ६ वटै टिम सहभागि गराउन नसक्नु समाजमा मेरो ठूलै अपराध भयो ? के के मा ब्रह्मलुट गरेँ ? प्रमाणित हुन्छ ? निता राईको प्रस्न थियो ‘पत्रकारिता क्षेत्रको दुरुपयोग गरेर राजनीतिक प्रतिशोध गर्न पाइन्छ ? पथरी बहुमुखी क्याम्पसमा गएको स्ववियु निर्वाचनमा सभापति, सचिव लगायतको पदमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले जितेको छ । स्ववियुमा उपसभापति लगायतको केही पद पूर्व एमालेको रहेको छ । स्ववियुको कार्यकाल समापन हुन लागेको र केही महिना अघि निर्वाचन हुने हल्ला चलेपछि दुवै संगठनवीच राजनीतिक चलखेल बढेको छ । निताले आफ्नो लोकप्रियता देख्न नसकेर नेवि संघ र स्ववियु पदाधिकारीहरुको इशारामा पत्रकार प्रयोगहुदै आएको बुझाइ छ । निताले पत्रकार सम्मेलनमा भनिन ‘स्ववियु निर्वाचनमा क्याम्पसबाट नेकपा संबद्ध विद्यार्थी संगठनबाट सभापतिको बलियो उवेदारी रहन्छ ।’ त्यही भएर नेवि संघ आत्तिएर पत्रकार प्रयोग गरेको भए खुलेर राजनीतिक रुपमा आउन चुनौति दिए । विषय नै नहुने कुरालाई समाचार बनाउने पत्रकार र त्यो अनलाइनलाई कस्तो व्यवहार गर्ने भन्ने विषयमा संगठन, पत्रकार महासंघका अध्यक्षहरुसंग छलफल र कानूनी पाटोको बारे परामर्श गरिरहेको समेत निताले बताए । ‘आधारहिन, झुटा समाचार लेख्ने पत्रकारहरुलाई समाजले के सजाय दिन्छ ?’ भनिन ‘सुन्दैछु समाचार लेख्ने केही अनलाइन मिडिया नेपाल कानून अनुसार दर्ता समेत भएको छैन ।’ यस्तो हकमा उनिहरुलाई के सजाय गर्न सकिन्छ ? सुझाव लिदैछु । पत्रकार सम्मेलनमा राईले भनिन ‘सस्तो लोकप्रीयताको लागि पत्रकारिता क्षेत्र नै दुर्गन्धित हुनेगरी प्रयोग नगर्न आग्रह गर्दछु ।’ पत्रकार सम्मेलनमा बलिबल प्रतियोगिताको खेल संयोजक शन्तोष राई लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा निताको फेसबुक स्टाटसको चर्चा महिला भलिवल प्रतियोगिता सकिएको केही दिनपछि खेल बारे नकारात्मक समाचारहरु आउन थालेपछि निताले दुई वटा स्टाटस राखेका थिए । ‘पथरीका तीन पत्रकारको नाममा’ ‘धन्यवाद छ पत्रकार नामको दलालहरुलाई’ शीर्षकमा निक्कै लामो लामो स्टाटस राखेका थिए । स्टाटसमा ती पत्रकारहरुले गरेको गलत कामको विवरणहरु आफूसँग आउन थालेको आवश्यक परे सार्वजनिक गर्ने, आफूलाई लगाइन्दै आएको आरोप प्रमाणित गरे राजनीतिक जीवन त्यागिदिने, खेलकुद आयोजना गर्नु अपराध भए हतकडी लगाएर कानूनी कठघरामा उभ्याउन चुनौती लगायतका बिषयहरु रहेको छ । पत्रकार सम्मेलनमा तीन पत्रकार को को हुन भन्ने प्रसंगमा निताले नामै खुलाएका थिए । निताको स्टाटस भने पत्रकारहरुको नाम उल्लेख थिएन । स्टाटस आउन थालेपछि निताले स्टाटस मार्फत धम्कि दिएको समाचार समेत आएको थियो ।

प्रकाशित : ५ चैत्र २०७५, मंगलबार ००:००