११ चैत्र २०८०, आइतबार । March 24, 2024

समाचार

सुरक्षा बिशेष अनुशिक्षण तालिम समापन



पाँचथर । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा संचालित ६ कार्य अवधिको सुरक्षा विशेष अनुशिक्षण तालिम समापन भएको छ । फागुन २६ गते देखी संचालन भएको तालिम चैत्र १ शुक्रबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरको प्रमुख उपस्थितिमा समापन भएको हो । समापन कार्यक्रममा प्र।ना।उ। कुँवरले सहभागी प्रशिक्षर्थीहरुलाई सुरक्षाको सिद्धान्त अनुसार मानव अधिकारको मुल धारलाई मनन् गरी तालिममा आर्जन गरेका ज्ञान र सिपलाई सही ढंगले प्रयोगमा ल्याईउन सके शान्ति सुरक्षा र अपराध रहित समाजको सुनिश्चितता हुने बताउनु भयो । कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नुहुँदै समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप कार्य गर्न भन्दै बिभागिय निति निर्देशन समेत दिनुभयो ।

प्रकाशित : २ चैत्र २०७५, शनिबार ००:००