११ चैत्र २०८०, आइतबार । March 24, 2024

समाचार

पाँचथर बहुमुखी क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न



पाँचथर ३०,फागुन । फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका क्षेत्रमा समग्र पाँचथरबासीको मन मुटु बनेको पाँचथर बहुमुखी क्याम्पसमा बिहिबार एक कार्यक्रमका साथमा स्नातक तह प्रथम बर्षमा अध्ययानका लागि आएको नवआगन्तुक तिनै संकायका विद्यार्थीहरु स्वागत भएका छन् भने स्नातक तर्फ व्यवस्थापन संकार्य चौथो बर्ष, शिक्षा संकाय चौथो बर्ष र मानवीकी संकार्य तेस्रो बर्ष अध्ययन सकेका विद्यार्थीहरुलाई विदाई गरिएको हो । व्यवस्थापन संकाय दोस्रो–तेस्रो बर्ष,शिक्षा संकार्य दोस्रो–तेस्रो र मानवीकी संकाय दोस्रो बर्षको आयोजनामा स्वागत तथा विदाई कार्यक्रमको भएको हो । उक्त कार्यक्रममा नृत्य , गायनका साथै गुरुवर्गका लागि हाडि फुटाई प्रतियोगिता समेत सञ्चालन भएको छ । नृत्य तर्फ ६ जनाको सहभगितामा प्रथम बर्षा तामाङ र साथीहरु,दोस्रो भूमीका राई र तेस्रो सारदा र साथीहरु भए भने गायन तर्फ ९ जना सहभागि भएकामा प्रथम दर्शन राई, दोस्रा कमला लिम्बू र तेस्रो सुजता राई भएका छन् । त्यस्तै गरि हाडि फुटाई तर्फ पाँचथर बहुमुखी क्याम्पसका पुस्तकालयका शिक्षक केबल चापागाई विजय हुनु भएको छ । तिनै विधाका विजयीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । कार्यक्रममा क्याम्पसका प्रमुख ख्याम नाथ खतिवडाको प्रमुख आथित्यता साथै रबिन अधिकारीको सभापतित्वमा राजु राईको सञ्चालनमा समापन भएको हो ।

प्रकाशित : ३० फाल्गुन २०७५, बिहिबार ००:००