६ बैशाख २०८१, बिहिबार । April 18, 2024

खेलकुद

पथरीमा क्याम्पस स्तरीय महिला भलिवल प्रतियोगिता हुने



मोरङ । किरात राई खेलकुद संघ मोरङको आयोजनामा मोरङको पथरीमा एक दिवसिय प्रथम मोरङ जिल्ला क्याम्पस स्तरीय महिला भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा उर्लाबारी,लेटाङ,भगवती,रमाइलो र सुकुना गरी पूर्वी मोरङको ६ वटा बहुमुखी क्यामपसहरुको सहभागिता हुने भएको संघकी अध्यक्ष निता राईले बताइन । उनि पथरी बहुमुखी क्याम्पसको स्ववियु उपसभापती हुन । फागुन ३० गते हुने प्रतियोगिताको विजेतालाई १५ हजार र उपविजेतालाई १० हजार,ट्रफी,प्रमाण पत्र र मेडल प्रदान गरिने खेल संयोजक कुमार राईले बताए । पत्रकार सम्मेलनमा किरात राई योयाक्खा केन्द्रिय सचिव अर्जुन जम्नेली राई, मोरङ जिल्ला अध्यक्ष नराहाङ राई लगाएत उपस्थित थिए । खेल सुनाखरी खेल मैदान पथरीमा हुने भएको आयोजकले बताए । महिला खेलाडि उत्पादन र भलिवन खेल विकासको लागि प्रतियोगिता गर्न लागेको अध्यक्ष निता राईले बताए ।

प्रकाशित : २६ फाल्गुन २०७५, आइतबार ००:००