८ जेष्ठ २०७९, आइतबार । May 22, 2022

समाचार

शैक्षिक संरचना पुनःनिर्माणसम्बन्धी सम्झौता



काठमाडौं । भूकम्पले भत्किएका सात जिल्लाका ७० विद्यालय एवं दुई पुस्तकालय पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भारतीय राजदूतावासबीच सम्झौता भएको छ ।

दूतावासका नियोग प्रमुख डा अजयकुमार तथा केन्द्रीय भवन अनुसन्धान संस्था ९सिबिआरआई० रुड्की भारतका समूह अगुवा डा पूर्णिमा परिदाले आज यहाँ आयोजित कार्यक्रममा प्राविधिक सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसैगरी प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० प्रमुख इमनारायण श्रेष्ठ र दूतावासका पुनःनिर्माण प्रभाग प्रमुख सुचिता किशोरले शैक्षिक संरचना पुनःनिर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । भारत सरकारले शैक्षिक संस्थाको पुनःनिर्माण एवं प्राविधिक सहयोग प्रदान गर्न रु पाँच अर्ब सहयोग गर्ने एकाइ प्रमुख श्रेष्ठले जानकारी दिए ।

सम्झौतानुसार संस्थाले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभे्रपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक गरी सात जिल्लाका ७० माध्यमिक विद्यालयको पुनःनिर्माणमा प्राविधिक सहयोग गर्नेछ ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालय पुनःनिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिने बताइएको छ ।

संस्थाले सरकारको विपद् उत्थानशील पुनःनिर्माण निर्देशिकानुरुप शैक्षिक संरचनाको पुनःनिर्माण एवं प्रबलीकरणका लागि केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० सँग सहकार्य गर्ने जनाइएको छ ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्झौताबमोजिम सात जिल्लाका शैक्षिक संरचना बनाउन स्थानीय सरकारको साथ सहयोग पनि जुटाइने प्रतिबद्धता व्यक्त गरे । निजी आवास पुनःनिर्माणले गति लिएको पनि उहाँले बताए ।

राजदूत सिंहले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई पूर्णता दिन शिक्षा पहिलो आधार भएको बताए ।

प्रकाशित : २२ फाल्गुन २०७५, बुधबार ००:००