३ बैशाख २०८१, सोमबार । April 15, 2024

मुख्य खबर

यायोक्खाको अध्यक्षमा दिवस राई सर्वसम्मत निर्वाचित

अन्य पदमा भने कडा प्रतिष्प्रर्धा



तस्विर : उपेन्द्र चाम्लिङ /धरान
सुनसरी । किरात राई यायोक्खाको सुनसरीको धरानमा जारीे १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा दिवस राईको मात्र उमेद्वार परेको छ भने अन्य पदमा भने कडा प्रतिष्प्रर्धा हुने भएको छ । निर्वाचन समितिले प्रकृया अगाडि बढाएपछि अध्यक्षमा दिवस राईको मात्र उमेद्वार परेपछि अध्यक्ष बन्ने पक्का भएको हो । पाँच जना उपाध्यक्षमा भने आठ जनाको उमेद्वारी परेको छ । यादव वान्तावा राई, तिलकप्रसाद राई, टिकासरी राई, सर्वधन राई, राकेश राई, गेनबहादुर राई, जीवन हाताचो राई र पारशमणी राईले उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन् । जसमध्ये टिकासरी, गेनबहादुर, पारशमणी अघिल्लो कार्यकालमासमेत उपाध्यक्ष थिए । जीवन हाताचो निवर्तमान महासचिव हुन् । एक महासचिवमा जनक राई र धिरेन्द्र रुम्दाली राईको मनोनयन परेको छ । दुवैजना पूर्व उपमहासचिव हुन् । दुई जना उपमहासचिव निर्वाचितहुनेमा पाँच जनाले मनोनयन दर्ता गरेका छन् । भीमराज राई, सुमन राई, अर्जुनकुमार राई, दोर्पध्वज राई र देवान राई रहेका छन् । भीम राई यस अघि पनि उपमहासचिव थिए । पाँच सचिवको लागि १३ जनाले मनोनयन दर्ता गरेका छन् । सचिवमा खड्ग राई, पर्शुराम राई, कृष्ण राई, शुभचन्द्र राई, श्रिशिसा राई, दिपेनवाला राई, सञ्जयसन्तोषी राई, मञ्जुसोताङ राई, हेमन्त राई, मातृका राई, केशर राई, जितकुमार राई रहेका छन् । कोषाध्यक्षमा युवराज राई र सहकोषाध्यक्ष महेन्द्र राईको मनोनयन दर्ता भएको छ । सदस्यहरुमा बिर्शिका राई, मिनाकुमारी राई, सन्दिप राई, अस्मिका राई, विमला नाछिरिङ्ग र कमला राई, प्रेम राई(इलाम)तारा राई(भोजपुर) दिलिप वान्तावा राई(काठमाडौं)डम्बरबहादुर राई(सप्तरी) नवीन राई(मोरङ), नगेशचन्द्र राई(सुनसरी), अञ्जना राई(खोटाङ), रत्नदेवि राई(जुम्लेखा, भाषिक), किवाङहाङ्ग राई(बिशिष्ट संरक्षक) रहेका छन् । त्यसैगरी कपिल राई(ललितपुर), इन्द्रमान राई (झापा), शुसिलकुमार राई (झापा) अनिता राई(पाँचथर), अन्जनी राई(सिराहा), विमल किराती(उदयपुर), राजु एन राई(कलाकार), लिलमराज राई(चाम्लिङ भाषिक), मनोजकुमार राई(ताप्लेजुङ) राकेश चाम्लिङ राई(भक्तपुर), सञ्जय राई(युवा), मनिकुमार राई(उदयपुर), भद्रगोल किराती(सोलुखुम्बु) रहेका छन् । ३८ जना केन्द्रीय सदस्य खुल्ला निर्वाचितहुने छन भने भाषिक र भातृ संगठनबाट एक—एक जना गरेर ८१ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने विधानमा व्यवस्था रहेको निर्वाचन समितिका संयोजक यसोदा राईले बताए । कार्यकाल तीन बर्षको हुनेछ । यशोदा राईको संयोजकत्वमा चन्द्रविक्रम राई, दुर्गा राई, हरीकुमार साम्पाङ्ग राई र जयकुमार राई रहेको निर्वाचन समिति रहेको छ । आवश्यक संख्याभन्दा बढीको उमेद्वारी परेपनि सर्वसहमितको लागि प्रयास भइरहेको निर्वातमान अध्यक्ष तिलक राईले बताए ।

प्रकाशित : २१ फाल्गुन २०७५, मंगलबार ००:००