७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

समाचार

२१५ सहसचिवको पदस्थापन



काठमाडौँ, २० फागुन (रासस): सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका ६६२ मध्ये २१५ सहसचिवको पदस्थापन गरेको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार अझै ४४७ सहसचिवको पदस्थापन बाँकी छ । पदस्थापना भएकामध्ये १८६ जना सङ्घ, २६ जना प्रदेश तह र तीन जना स्थानीय तहमा जाने भएका छन् । बाँकी समायोजन रोजेका सहसचिवको चाँडै नै पदस्थापना गरिने अधिकारीले बताउनुभयो ।

सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवले समायोजन रोजेका थिए । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याई तीनै तहमा समायोजन गरेका हो । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो । करीब ८७ हजार कर्मचारीमध्ये झण्डै ७७ हजारले समायोजन रोजेका छन् । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

प्रकाशित : २० फाल्गुन २०७५, सोमबार ००:००