५ माघ २०८१, शनिबार । January 18, 2025

मुख्य खबर

यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन धरानमा शुरु




सुनसरी १८ फागुन । किरात राई यायोक्खले आफ्नो १० औ राष्ट्रिय महाधिवेशन धरानमा शुरु भएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिति धरानको कार्यालय किरात चोकबाट शुरु भएको ¥याली धरान नगर परिक्रमा गरि भानुचोकमा उद्घाटन सत्र सुरु भएको हो ।
किरात राई समुदायको साझा संस्था यायोक्खा १० राष्ट्रिय महाधिवेशनमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई प्रमूख अतिथि रहेको धरानबाट पत्रकार रीता राराहाङले बताए ।
आज सुरु भएको महाधिवेशन १९ र २० गतेसम्म चल्ने छ । महाधिवेशनमा २६ वटा जिल्ला समितिहरु, २८ वटा भाषिक र आठ वटा भातृ संस्थाहरु र १७ वटा देश एक हजार प्रतिनिधि पर्यवेक्षक र हजारौ सर्वसाधारणको उपस्थिति उपस्थित रहेको महाधिवेशन आयोजक समितिका अध्यक्ष तिलक राईले बताए ।

तस्विर : रीता राराहाङ

 

प्रकाशित : १८ फाल्गुन २०७५, शनिबार ००:००