११ बैशाख २०८१, मंगलबार । April 24, 2024

मनोरञ्जन

वाइडबडीमा रविन्द्र निर्दोष : प्रधानमन्त्री ओली



काठमाडौं,१७ फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताउनुभएको छ ।
हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को आज भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले वहाँको बद्नाम गर्न खोजको बताउनुभएको छ । “यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न अत्यन्तै अनुचित ढंगले वहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले वहाँलाई बद्नाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ वहाँले कुनै लोभलालचका लागि होइन र वहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी वहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो । तर पनि नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ । ”
वाइडबडीका बारेमा रबिन्द्र अधिकारीलाई आरोप लगाउनु दुखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भन्नुभएको छ “ मलाई दुख लाग्छ कि वहाँ जस्तो कर्मठ,क्रियाशिसल मानिसलाई अनुचित ढंगले ,त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने कामहरु पनि भयो । ”
मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधरण काम गर्नुभएको प्रधानमन्त्री ओलीको भनाइ छ । छ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने,धनगढी,बिराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि बढाउने कुरा अधिकारी कै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ ।
तेह्रथुमको चुहानडांडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर वहाँ त्यस तर्फ जानु भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “ तेह्रथुमको चुहानडांडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ , निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता,अनुपयुक्तता छुट्याउने भनेर वहाँ जानुभएको थियो । ” ढिलोमा तीबर्ष भित्र सो ठाउँमा बिमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
मन्त्री अधिकारी विमानस्थलहरुको अध्ययन भ्रमणकै क्रममा हिजो बिहिबार जमर्नीको म्यूनिखमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “ हिजो वहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो कि म्यूनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने ,व्यवस्थित ढंगको एयरर्पोट ह्याण्डिलिङ बनाउने,वहाँहरुसँग सहकार्य गर्ने वहाँले योजना बनाउनु भएको थियो ।”
अधिकारीको निधनले पार्टी,सरकार र देशले एक कुशल नेता,मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । यसैगरी उपसचिब युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट बिष्लेषण् गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ छ । निधन भएका अन्य व्यक्तिहरु प्नि आफनो आफनो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
नेकपा संसदीय दलको आजको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्तव पारित गरेको छ । यसैगरी बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानआकर्षण गराउने निणर्यय समेत गरेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७५, शुक्रबार ००:००