१२ चैत्र २०८०, सोमबार । March 25, 2024

समाचार

भक्ति इन्टरनेशनल एकेडेमीकोे १३ औं वार्षिकोत्सव सम्पन्न



काठमाण्डौं । बुढानीलकण्ठ नगरपालिका वडा.न.७ स्थित भक्ति इन्टरनेशनल एकेडेमीले तेहें वार्षिकोत्सव भव्यरुपमा सम्पन्न गरेको छ । सो कार्यक्रममा आमन्त्रित अतिथिगण,अभिभावक लगायत उपस्थितलाई विद्यालयकी करुणा थापाले स्वागत गरेकी थिइन् । सो कार्यक्रमका प्रमुख अतिथि प्रधानसेनापति पूर्ण चन्द« थापाले पानसमा दिप प्रज्वलन,बीर सहीद भक्ति थापाको तस्बिरमा माल्यर्पण गरी कार्यक्रमको औपचारि सुरुवात भएको थियो ।

सो विद्यालयका विद्यार्थीले स्वागत नृत्यबाट उपस्थितलाई स्वागत गरेका थिए । सो कार्यक्रममा स्कूलका विद्यार्थीहरुले वाध्यवादन बजाएर राष्ट्रगान गाएका थिए । देशका जातीय विविधता,बहु सांस्कृतिक,राष्ट्रिय एकता शान्ति भूमि नेपाल झल्काउने जस्ता विभिन्न क्रियाकलापहरु अभिनय,नृत्य,झांकी विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । सो प्रस्तुतिले उपस्थितलाई आनन्दमात्र होइन देश प्रति बफादार,साथै विविधतामा एकता नेपाल एउटामात्र राष्ट्र हो भन्ने सन्देस आम उपस्थितमा आभाष गराएको थियो ।

सो कार्यक्रममा मेची देखि महाकाली समेटीने विभिन्न गीत संगीतमा नृत्य विद्यार्थीहरुले प्रस्तुत गरेको थियो । सो कार्यक्रममा विद्यालयमा पठनपाठन गराइने पद्धतिवारेमा हामीले भन्नु भन्दा तपाईहरुको आफ्नै बालबालिका जो विद्यालयमा पढीरहेका छन् ,सोही विद्यार्थीबाट तपाईहरु स्वयमले महसुस गर्नु भएको होला भन्ने धारणा उपस्थित समक्ष विद्यालयका प्रिन्सिपल शंकर प्रसाद भट्टले राखे । विद्यालयमा आफ्नो बालबालिका नभएका अभिभावकरुले प्रस्तुत विभिन्न गतिविधिले भक्ति इन्टरनेशनल एकेडेमीमा शैशिक पठनपाठन सँगै के कस्ता अतिरिक्त क्रियाकलाप गराईन्छ सो प्रस्तुतिले प्रष्ट पार्छ भने ।

आधुनिक शिक्षा पद्धति अनुरुप विद्यालयमा विद्यार्थीहरुलाई पठनपाठन गराइने मात्र नभई सोही अनुसारको भौतिक संचना समेत भक्ति इन्टरनेशनल एकेडेमीले निर्माण गरेको हुनाले विद्यार्थीहरुले अध्ययन गर्ने वातावरण सो विद्यालयमा वर्तमान परिप्रेक्ष्य अनुरुप रहेको बताए । वर्तमान प्रतिस्पर्दि युगको समयमा विद्यार्थीलाई विद्यालयमा अध्यपन गराइने पद्धति र अत्तिरिक्त क्रियाकलापवारेमा भक्ति इन्टरनेशनल एकेडेमी एउटा उदाहरणीय विद्यालय भएको बुढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज नेपालले सो वार्षिकोत्सव कार्यक्रममा बताए । सो भक्ति इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष फनिन्द« बहादुर थापाले वर्तमान परिप्रेक्ष्य अनुरुप विद्यालयको विद्यार्थीहरुलाई पठनपाठनका साथै अतिरिक्त क्रियकलापलाई विशेष मध्यनजर गरी सहभागी गर्ने गरेको उक्त क्रियाकलाप आधुनिक युगमा विद्यार्थीहरुको लागि अपरिहार्य पाटो भएको बताए । मन्तव्यकै क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद«ी बहादुर थापाले शैक्षिक गुणस्तर र व्यक्तित्व विकासका लागि अनुशासन,शैक्षिक गुणस्तर अनिवार्य रहेको,सो भक्ति इन्टरनेशनल एकेडेमीले प्रदान गर्दै आएको कार्यक्रममा बताए । वि.स २०७४ को एस.इं.इ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कार सहित विदाई गरेको थियो । फोटो लोक चन्द« थापा

प्रकाशित : १२ फाल्गुन २०७५, आइतबार ००:००