११ बैशाख २०८१, मंगलबार । April 23, 2024

समाचार

हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग वार्ता गर्नुपर्ने–उपसभापति गच्छदार



विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ९चन्द०सँग वार्ता गर्नुपर्नेमा जोड दिएको हो । विगतका घटनाबाट हामीले पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्वद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहनेछ भने ।

उहाँले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप लगाए ।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रतिपक्षलगायत अन्य राजनीतिक दलको ठूलो योगदान रहेको छ भन्दै उपसभापति गच्छदारले बहुमतको सरकारले मात्र सङ्घीयताको सफल कार्यान्वयन गर्न नसक्ने जिकिर गरे ।

एक प्रश्नको जवाफमा नेपाली काङ्ग्रेसले संविधानमा धर्मनिरपेक्षता स्वीकारिसकेको अवस्थामा हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्ने धारणा नेपाली काङ्ग्रेसको आधारिक धारणा नभएको जानकारी दिँदै उहाँले सबै नेपाली जनताको स्वीकार्य संविधान बनाउनका लागि संविधान संशोधन आवश्यक रहेको बताए । हार्दिक बधाई छ, मेरो मामालाई

प्रकाशित : ११ फाल्गुन २०७५, शनिबार ००:००