९ जेष्ठ २०७९, सोमबार । May 24, 2022

अर्थ

एनसेलको टावरमाथि आगजनी



खस्यौली, ११ फागुन ।  रुपन्देहीको गौरहवा गाउँपालिका–३ स्थित कटवामा एनसेलको टावरमाथि आगजनी भएको छ । गए राति भएको आगलागीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिनुभयो ।

आगलागीबाट सूर्यपुरा आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७५, शनिबार ००:००