८ चैत्र २०८०, बिहिबार । March 21, 2024

मुख्य खबर

विकासका पूर्वाधार पुर्याएर डोल्पालाई सुगम बनाइनेछ : प्रम ओली



काठमाडौं ५, फागनु । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पुर्याएर डोल्पालाई सरकारले सुगम बनाउने बताउनुभएको छ ।
डोल्पो समाजले शनिबार आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छु देखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताउनुभएको छ । “डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एककिृत बस्तीको रुपमा विकास गरिने बताउनुभएको छ । “पातला बस्तीमा भौतिक सुविधा पु¥याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एककिृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय,सडक, स्वास्थ्यचौकी, यातायात,खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई उपलब्ध गराइनेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो– “त्यसपछि कर्णालीको परिचय बदलिनेछ । कर्णाली सुगम हुनेछ ।”

प्रकाशित : ५ फाल्गुन २०७५, आइतबार ००:००