१२ जेष्ठ २०७९, बिहिबार । May 26, 2022

मुख्य खबर

प्रसाद खाएपछि ४० बिद्यार्थी बिरामी



लोहारदागा, झारखण्ड, २८ माघ। भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् ।

पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ ।

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रेहको बताउनु भएको छ ।

ती बिद्यार्थीहरुलाई बिषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको खालिदले बताउनु भएको छ । हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिनु भएको छ ।

यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताउनु भएको छ । यस घटनाका दोषीलाई कारबाही गरिने पनि उहाँले जानकारी दिनुभएको छ ।

प्रकाशित : २८ माघ २०७५, सोमबार ००:००