१४ चैत्र २०८०, बुधबार । March 27, 2024

समाचार

१० मिनेटका लागि प्रतिनिधिसभाको दोस्रो बैठक स्थगित



काठमाडौँ . प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक २०७५ सहित राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरिएको छ ।

आजको दोस्रो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको उक्त विधेयक टेबुल गर्नुभएको हो । दोस्रो बैठक १० मिनेटका लागि स्थगित गरिएको सभामुख कृष्णबहादुर महराले जानकारी दिP ।

प्रकाशित : २० माघ २०७५, आइतबार ००:००