६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

विवादको विषय बनाउनु हुँदैन विधेयकलाई : सभामुख



दाङ । सभामुख कृष्णबहादुर महराले संसदबाट प्रक्रिया पु¥याएर पारित भएको चिकित्सा शिक्षा विधेयकलाई आन्दोलनको विषय बनाउन नहुने बताएको छ । दाङको टरिगाउँ विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा सभामुख महराले प्रक्रिया पु¥याएर पारित भएको विधेयकलाई कसैले पनि आन्दोलनको विषय बनाउन नहुने धारणा राखे।

प्रतिपक्षको सहमतिमा संसदीय समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसद्मा पनि असहमति जनाएको भए पुग्नेमा सदनमै अवरोध गराउन खोज्नु गलत भएको उहाँको भनाइ थियो । सभामुखले चिकित्सा शिक्षा विधेयक आन्दोलनको विषय बनाउनु प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको धारणा व्यक्त गरे ।

फरक प्रसङ्गमा सभामुख महराले कर्मचारीकै कारण दाङको टरिगाउँ विमानस्थलमा अस्थायी इन्धन डिपो आउन ढिलाइ भएको बताए । “अस्थायी इन्धन डिपो स्थापना गर्ने विषयमा आयल निगमलाई आपूर्ति मन्त्री र सचिवले तोक लगाइसक्नु भएपनि कर्मचारीले त्यसलाई कार्यान्वयनमा नल्याएका कारण ढिलाइ भएको हो” उहाँले भने, “अब इन्धन डिपो तत्कालै स्थापना हुन्छ ।” विमानस्थलमा टर्मिनल भवन निर्माणको प्रक्रिया पनि अघि बढिसकेको र छिटै नै भवन निर्माणको काम सुरु हुने उहाँको भनाइ छ

प्रकाशित : २० माघ २०७५, आइतबार ००:००