१० बैशाख २०८१, सोमबार । April 23, 2024

ग्लोबल

एनआरएनए कुवेतद्धारा राजदुत यज्ञबहादुर हमालको बिदाई



कुवेत । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्धारा नेपाली राजदूताबास कुवेतका लागि राजदूत महामहिम यज्ञबहादुर हमाललाई विदाई गरेको छ । फर्वानिया स्थीत दवाईप्यालेस रेष्टुरेन्टमा शुक्रबार हमाल र उनकी धर्मपत्नि रीता हमाललाई दोसल्ला ओढाई मायाको चिनो र कदर पत्र प्रदान गरि विदाइृ गरिएको हो ।

राजदुत हमाल चार वर्षे कार्यकाल पुरा गरि नेपाल फर्कन लागेको हो । परिषदका अध्यक्ष श्रीमती सुमित्रादेबी पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा संयोजक गणेश रावतले स्वागत मन्तव्य दिएका थिए । भने महासचिव हरि लावतीले कार्यक्रम सहजीकरण गर्नु भएको थियो । विदाई कार्यक्रममा परिषदका सल्लाहकार सुजन केसी, सुरज मास्के,अन्तराष्टिय कलाकार मञ्च कुवेतका अध्यक्ष सोम रसाइली, जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ र आरडि क्रियशनको तर्फबाट दिल कुमार पाख्रिनले शुभकामना मन्तब्य दिएका थिए ।

राजदूत यज्ञबहादुर हमालको चार बर्षे कार्यकाल सफल तथा उदाहरणीय भएको भन्दै क्ताहरूले राजदूत हमालको प्रशंसा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै हमालले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र नेपाली राजदूतावास कुवेतको सहकार्यको चर्चा गरेका थिए । उनले एनसिसि कुवेतले गरेका मानवीय कार्यहरुको प्रशंसा गरेका थिए । आफु कुवेतबाट बिदा भए पनि नेपालमा कार्यरत रहने सरकारी निकायमा आफ्नो ढोका सदैब खुला रहने र परिषद लगायत कुवेतवासी नेपालीहरुले दिएको माया, ममता, साथ सहयोग सदैव सजाएर राख्ने बताए ।


हमालको कार्यकालमा नेपाली समुदायसंग राम्रो समन्वय भएको एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका केन्द्रिय सदस्य अमित राईले बताए ।
सम्मान कार्यक्रमको समापन गर्दै परिषदका अध्यक्ष सुमित्रादेबी पौडेलले परिषदको निमन्त्रणालाई स्विकार गरी उपस्थित हुनुभएका धन्यबाद व्यक्त गर्दै कुवेतको कार्यकाल पुरा गरि नेपाल फर्किन लाग्नु भएका महामहि राजदुतको उन्नती, प्रगती र उज्वल भबिष्यको कामना गरेकी थिइन ।

प्रकाशित : १९ माघ २०७५, शनिबार ००:००