१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

मुख्य खबर

प्रदेश नं ५ नगर प्रमुखको भेला दाङमा



लमही, १९ माघ (रासस)  प्रदेश नं ५ का १७ नगरका प्रमुख तथा प्रशासकीय अधिकृतहरु दाङको तुलसीपुरमा भेला भएका छन् ।

नेपाल नगरपालिका सङ्घको आयोजनामा तुलसीपुरमा शुरु भएको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनासम्बन्धी दुईदिने अन्तर नगरपालिका सिकाइ कार्यक्रममा सहभागी हुन उहाँहरु तुलसीपुर आउनुभएको हो ।

पहिलो दिन शनिबार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल नगरपालिका सङ्घका कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जग्गा बाँझो राख्दा विपद् बढ्ने गरेको बताउनुभयो ।

“जग्गामा नियमित खेतीपाती गर्ने हो भने पानी सोस्ने र जग्गा बलियो हुनेहुन्छ”, उहाँले भन्नुभयो, “तर बाँझो राख्दा पानी नसोस्ने र पहिरो जाने खतरा हुन्छ ।” त्यसैले तुलसीपुर उपमहानगरपालिकाले जग्गा बाँझो नराख्ने नीतिलाई पनि अघि सारेको उहाँले बताउनुभयो ।

पहिलो दिन तुलसीपुर उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका, लमही नगरपालिका, प्यूठान नगरपालिका, बाणगङ्गा नगरपालिका, स्वर्गद्वारी नगरपालिका लगायतका प्रमुख तथा प्रशासकीय अधिकृतले विपद् न्यूनीकरण गर्न अ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रम आइतबारसम्म चल्नेछ ।

प्रकाशित : १९ माघ २०७५, शनिबार ००:००