७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

किरात राई बान्तावा खिम उपत्याका समिति गठन




काठमाण्डौ । किरात राई बान्तावा खिम उपत्यका समिति गठन भएको छ । बान्तावा खिम केन्द्रको आयोजनामा किरात राई यायोक्खाको सुम्निमा हलमा बुधबार भएको भेलाले उपत्यका समिति गठन गरेको हो ।
अजिरमान गामुरे राईको अध्यक्षतामा गठित नव कार्यसमितिका उपाध्यक्ष देवानदेबि दुबदेङहाङ राई, सचिव रीता राराहाङ राई, सहसचिव मुकेस हाङ्खिम राई, कोषाध्यक्ष दिपेन निरा राई, सहकोषाध्यक्ष कल्पना राधुङ राई र सदस्यहरु जीवन खावाहाङ राई, सुरज खाहुङ राइ , दिपक ताङ्लुवा राई, पुष्प रङ्मी राई, नन्दु थुङ्गचुवा राई, सन्तोश निरा राई, भाइमान कामडुङग राई , निगम माङपाङ राई, जितेन माक्रीहाङ राई, प्रकाश साङपाङ राई ,कबिता सोनाहाङ राई रहेका छन् ।
हाम्रो भाषा , सस्कार , सस्कुती , रितिरिवाज , भेषभुषालाई रहनसहन अनि सम्दनको लागि नै किरात राई बान्तावा खिम स्थापना भएको केन्द्रिय कार्य समितिका अध्यक्ष ज्ञान किरातिले बताए । कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खाका कार्य बाहक अध्यक्ष दिवस राईले भाषा मरे हाम्रो अस्तिव मर्छ यसलाई समुदायले मात्र होइन सरकारले पनि ध्यान दिनु पर्ने बताए । कार्यक्रममा बान्तावा खिमका केन्द्रिय सल्लाहकार प्रा.डा. इन्दजित राई साथै किरात राई यायोक्खा पुर्व केन्द्रिय उपाध्यक्ष दुर्गा राई, किरात राई बान्तावा खिमका सल्लाहकार साथै बुङवाखा सम्पादक पदम वालाहाङ राई, भाषा विद चन्दकुमार हतुवाली, बान्तावा खिमका सस्थापक सदस्य रोशन बान्तावा राई, भाषाविद तिर्थकुमारी राई भाषा संरक्षक दिलेन्द मुकारुङ लागायतका उपस्थित रहेको थियो ।

प्रकाशित : १८ माघ २०७५, शुक्रबार ००:००