१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया



तुलसीपुर, १८ माघ । दाङको गढवा गाउँपालिकाले ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । गाउँपालिकालाई मोतियाविन्दुरहित गाउँपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा स्वास्थ्य शिविर आयोजना गरी आँखामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक सहयोगमा शल्यक्रिया गरिएको हो । गाउँपालिकामा यस आर्थिक वर्षदेखि मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवाका लागि अस्पताल र गाउँपालिकाबीच सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकामा १२० को आँखामा देखिएको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने र कम्तीमा एक हजार ५०० को आँखाको जाँच गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले जानकारी दिनुभएको छ । कार्यक्रमलाई निरन्तरता दिनेसमेत उहाँले बताउनुभयो । अस्पतालले गरेको सर्वेक्षणअनुसार गाउँपालिकाको ३८ हजार ५९२ जनसङ्ख्यामध्ये ३९१ मा मोतिविन्दुको समस्या देखिएको छ ।

प्रकाशित : १८ माघ २०७५, शुक्रबार ००:००