१५ चैत्र २०८०, बिहिबार । March 29, 2024

मुख्य खबर

अधिकारका लागि अब कसैले पनि शहीद हुनु पर्दैन : प्रम ओली



काठमाडौं,१६ माघ,प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अधिकारका लागि शहीद हुनु नपर्ने बताउनुभएको छ ।
शहीद सप्ताहको अन्तिम दिन आज काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“हिजो राज्यले जनता र सेना प्रहरीलाई आपसमा भिडाएर मारामारको स्थिती सृजना गथ्र्यो । अब त्यस्तो अवस्था छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब त्यस्तो अवस्था छैन । हामीले अधिकारका लागि लडिने लडाईं पुरा गरेका छौं । अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब शहीद हुनु पर्दैन ।”
प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतन्त्रको स्थापना भएपछि अधिकारको समानता भएको उल्लेख गर्नुभएको छ । “हामीले अधिकारमा समानता हासिल गरिसकेका छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब अवस्थामा पनि समानता स्थापित गर्ने चरणमा हामी छौं ।” सुशासन र आर्थिक विकास मार्फत देशमा समानता कायम गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रकृतिले धनी बनाएको देशलाई मानिसले गरिब बनाउन नसुहाउने बताउनुभयो । “नेपाललाई प्राकृतिले सम्पन्न र धनी देश बनाएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मानिले यस देशलाई गरिब बनाउनु हुदैन । यी स्रोत र साधनको प्रयोग गरेर थप समृद्ध बनाउनु पर्दछ ।”


प्रधानमन्त्री ओलीले सबैलाई लोभ,लालच र भ्रष्टाचार त्याग्न आग्रह गर्नुभएको छ । “आज सहीद दिवशको दिन । आजै संकल्प गरौं अब कसैले पनि भ्रष्टाचार नगारैं । देशको सबभन्दा ठुलो समयस्या भ्रष्टाचार हो । यसबाट देशलाई मुक्त गरौं ।” सरकार देश र जनताप्रति निष्ठावान भएकोले आग्रह पूर्वाग्रह विना काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा लैनचौर स्थित शहीद स्मारकमा माल्यर्पण गर्नुभएको छ ।
तस्विर : प्रधानमन्त्रीके सचिवालय

प्रकाशित : १६ माघ २०७५, बुधबार ००:००