८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

स्वास्थ्यलाभ गरी दाहाल घर फिर्ता



काठमाडौँ, १४ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहाल स्वास्थ्यलाभ गरी आज निवास फर्कनु भएको छ । यही माघ ६ गतेदेखि ललितपुरको सुमेरु अस्पतालमा उहाँको भाइरल ज्वरोको उपचार भइरहेको थियो ।
उहाँको स्वास्थ्यमा सुधार आएपछि आज मध्याह्न घर फिर्ता गराइएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँलाई आइतबार सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको थियो । उपचारमा संलग्न चिकित्सक डा अशोक अधिकारीका अनुसार सामान्य कक्षमा उहाँको निगरानीपछि स्वास्थ्यमा सुधार देखिएपछि आज निवास फर्कनु भएको हो ।

प्रकाशित : १४ माघ २०७५, सोमबार ००:००