१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

मुख्य खबर

राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने



पोखरा, ९ माघ । नेपाल प्रेस युनियन कास्कीले यही फागुन ७ गते हुने नवौं अधिवेशनका अवसरमा प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । नेपाल प्रेस युनियन कास्कीको आज सम्पन्न बैठकले अधिवेशनको मिति तय गर्दै सोही दिन उक्त पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले जानकारी दिनुभयो । 

नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कविर राणा र समिरजङ्ग शाहलाई संयुक्त रुपमा प्रदान गरिने छ ।

पुरस्कारको राशि रु ३५ हजार ५५५ दोसल्ला र सम्मानपत्र रहेको छ । युनियनको कास्की शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट प्रदान गरिन लागेको यो दोस्रो पुरस्कार हो ।

यसअघि पहिलो पुरस्कार पोखराका अग्रज पत्रकार गङ्गाधर पराजुलीलाई प्रदान गरिएको थियो । पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषमा रु १२ लाख रहेको छ । कोषबाट प्राप्त ब्याजबाट पत्रकारलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

अधिवेशनलाई सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिने जानकारी दिँदै उहाँले सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा आन्तरिक तयारी शुरु गरिएको बताउनुभयो ।

प्रकाशित : ९ माघ २०७५, बुधबार ००:००