११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

पुननिर्माणको गति र अनुगमन दुवै प्रभावकारी हुनुपर्दछ : प्रम ओली




काठमाडौं ३० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माणको गति र अनुगमन दुवैलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श परिषदको बैठकलाई आज साँझ बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पाँचबर्षका लागि गठन गरिएको प्राधिकरणलाई निर्धारित समयमा पुननिर्माणको काम सक्न हरतरहले प्रयत्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले पुननिर्माणका व्यबहारिक रुपमा अझ सहज बनाउन स्थानीय तहसँग समन्वय गर्नप्राधिकरणलाई निर्देशन दिनुभएको छ । “स्थानीय तहसँग प्रभावकारी ढंगले सहकार्य गरौं । पुननिर्माणका लागि उनीहरुलाई पनि जिम्मेवार बनाउँ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले कामको गतिलाई बढाउदछ ।”
परम्परागत र साँस्कृतिक सम्पदा निर्माणका क्रममा केही स्थानीय तहका जनप्रतिनिधीले अनावश्यक विवाद गर्नु उचित नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यस्ता सम्पदा निर्माण गर्दा तिनको मौलिकतालाई कायम राखेर आधुनिक विधी प्रयोग गरेर निर्माण गरिन्छ ” प्रधनमन्त्री ओलीले भन्नुभयो “पहिलाको जस्तै खोजेर सबै चिज पाइदैन ।”

प्रकाशित : ३० पुस २०७५, सोमबार ००:००