८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

आमसञ्चार मस्यौदा हस्तान्तरण



विराटनगर, २९ पुस । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ कार्यसमितिले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नमूना ‘प्रदेश आम सञ्चार मस्यौदा हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री राईलाई प्रदेश अध्यक्ष विक्रम लुइँटेलले उक्त मस्यौदा मुख्यमन्त्रीको कार्यालयमा आज हस्तान्तरण गर्नुभएको हो । मुख्यमन्त्री राईले नमूना मस्यौदा बुझ्दै प्रदेश सरकारले पत्रकार र सञ्चारमाध्यमको हितमा काम गर्ने र प्रेस मैत्री ऐन बनाइने बताउनुभयो । उहाँले महासङ्घका तर्फबाट प्राप्त मस्यौदाका विषयलाई समावेश गर्ने तथा छलफल गरी ऐन निर्माण गरिने विश्वास दिलाउनुभयो ।

उक्त मस्यौदामा पत्रकारको क्षमता विकासका लागि आमसञ्चार प्रतिष्ठान स्थापनादेखि प्रदेशमा सञ्चारमाध्यमको प्रवद्र्धनमा सघाउ पुग्ने कुरा उल्लेख छ । यसअघि महासङ्घका प्रदेश महासचिव विवेक गौतमले उक्त मस्यौदा विधेयक मुख्यमन्त्री राईलाई पढेर सुनाउनुभएको थियो । रासस

प्रकाशित : २९ पुस २०७५, आइतबार ००:००