८ बैशाख २०८१, शनिबार । April 20, 2024

Life Style

हाकपारे अर्थाथ रैथाने संगीत (भिडियो सहित)



जनवरी ८, २०१९ मा झुमा लिम्बू, मनु नेम्बाङ र लोकमान वनेमहरूको ‘हाक्पारे गायन’ सुन्ने मौका मिल्यो । कार्यक्रमको नाम ’रैथाने संगीत श्रृंखला ( १’ थियो । नेपालमा, गायनमा रैथानीकरणको बहस यो कार्यक्रमले सुरुवात गरेको छ । यो सुरुवाति दिनमा रैथानीकरणका बारेमा नउठेको कुराहरू सूचिकृत गरेँ ।

रैथानीकरणलाई डीकोलोनाईजेसनको अर्को पाटोको रुपमा हेर्ने गरिन्छ । उपनिवेशवादीहरूले जुन–जुन मुलुकलाई ‘कोलोनी’ बनाए त्यहाँको रैथाने ज्ञानगुन, संगीत, साहित्य, शैक्षिक र चिन्तन प्रणालीहरू ध्वस्त गरेर बिस्तारै आफ्ना दृष्टिकोणहरू, प्रणालीहरू लाद्ने काम गरे । तर जब कोलोनीहरू उपनिवेशवादीहरूले छोडेर जानु परेपछि ‘डीकोलोनाइजेशन’ सुरु भयो र यसै बेला सृजित ’भ्याकुम’मा ‘रैथानीकरण’ गर्ने कामहरू अनेक मुलुकमा अनेक किसिमले भए, जसले अनेक अलमलहरू सृजना गरेको पनि देखिन्छ । डीकोलोनाइजेशन गर्ने ढंग नपुग्दा विदेशी उपनिवेशवादी गएपनि मुलुक भित्रैका शासक वर्गले फेरि ‘आन्तरिक उपनिवेश’ कायम गरेको पनि देखियो ।

के हो त डीकोलोनाईजेशन र रैथानीकरण ?

डीकोलोनाइजेशन ।

(१) कुनै शक्ति राष्ट्रले उपनिवेश बनाएको मुलुकले राजनैतिक, प्रशासनिक, साँस्कृतिक, भाषिक र मनोवैज्ञानिक रुपमा स्वत्वन्त्रता हासिल गर्ने लामो प्रकृया नै डीकोलोनाइजेशन हो । डीकोलोनाईजेशन पछि ‘स्वशासन’ को प्रकृया सुरु हुन्छ । सारमा डीकोलोनाइजेशन भनेकोः

(क) डीकोलोनाइजेसन, बाह्य हैकम (Impositions)हरूको सट्टा रैथाने विश्व दृष्टिकोण र विधीविधानहरूको पुनःस्स्थापना गर्ने काम होस ।

(ख) डीकोलोनाइजेशनले रैथाने संस्कृति र परम्पराहरूको पुनस्स्थापना गर्ने काम गर्छ ।

(ग) डीकोलोनाईजेशनले शक्ति (पाश्चात्य) राष्ट्र या शासक समुह(जातिले ईतिहासलाई हेर्न लादेका दृष्टिकोणकोणहरूलाई विस्थापित गरेर आफ्नै रैथाने दृष्टिकोणहरूको पुनस्स्थापना गर्ने काम गर्छ ।

(घ) डीकोलोनाईजेशनले विदेशी या आन्तरिक उपनिवेशवादीहरूले लादेका शासन, विधीविधानहरूलाई विस्थापन गरेपछिको ‘भ्याकुम’मा रैथाने शासन र विधीविधान, भाषा, साहित्य तथा संस्कृतिहरूको स्थापन गर्नु पर्छ भनि वकालत गर्छ । यो हुन सकेन भने भारतको जस्तो अवस्था हुन्छ । भारतमा उपनिवेशवादी बृटिशलाई विस्थापित त गरियो तर आन्तरिक उपनिवेशवादीहरूले फेरि भारतका जातजातिलाई बृटिशलेभन्दा पनि नराम्रो किसिमले शोषण गर्दै शासन गरिरहेछन् । तथापी भारतमा अहिले डीकोलोनाईजेशनको आन्दोलन उठ्न खोजिरहेछ ।

२। रैथानीकरण : रैथाने जाति(जनजातिहरूको (उपनिवेशवादीले दबाएर राखेका) ब्रह्माण्ड, धर्ती, जीवन चक्र (जन्म(मृत्यू(मृत्यूपछिको पुनरजन्म, आदि) बारेका दृष्टिकोणहरू, जीवन(समाज व्यवस्थापनका ज्ञानगुन तथा विधीविधानहरूको पुनस्स्थापना गर्ने काम गर्नु नै रैथानीकरण हो । जस्तै: समाज सन्चालनका रैथाने विधी(प्रथाजन्य कानुन) हरूलाई पनि सरकारी नियम बिधानहरू बनाउँने आधारको रुपमा लिनु, जातजातिका आफ्नै मुन्धुम(परम्परागत संगीत(भाषा(साहित्यहरूको पुनस्स्थापना गरी राष्ट्रिय पहिचान तथा गौरवका अंग र तत्वका रुपमा स्वीकार गर्नु, आदि । सारमा रैथानीकरणले निम्न काम गर्छ ।

(क) रैथानीकरणको प्रकृयाले गैर(रैथाने जातजातिलाई कुनै रैथाने जातजातिका परम्परा र सँस्कृतिमा निहित मुल्य र मान्यता बारे बुझ्न मद्दत गर्छ । परिणामस्वरुप फरकफरक संस्कृतिका समाजहरू वीच एकापसमा समझदारी तथा सहअस्तित्व बढाएर प्रकारान्तरले ‘राष्ट्रियता’को विकासमा योगदान गर्ने काम हुन पुग्छ । जस्तो, नेपालमा विदेह (ब्राह्मण) सभ्यता, कपिलवस्तु (क्षेत्री?)सभ्यता, (कर्णालीको) खस सभ्यता र नेपाल उपत्यकाको किरात सभ्यताहरूका मुल्य र मान्यताको आधारमा हालको नेपाल राज्यको जग बसेको र यी चारै सभ्यतामा निहित मुल्य-मान्यताका तत्वहरूको योगले सिंगो नेपालको पहिचान निर्माण  हुन्छ भन्ने कुरा स-सम्मान स्वीकार गरेपछि सबै जातजातिको पहिचान प्रति राष्ट्रिय मान्यता स्थापित हुने र सबैले आफुलाई मुलुककै पहिचानमा उपस्थित रहेको महसुस गर्ने भावनात्मक मिलानको काम समेत हुनेछ ।

(ख) रैथानीकरणले फरक फरक सामाजले फरक फरक किसिमले सोच्ने, निर्णय लिने र काम गर्ने गर्छन् भन्ने कुरा उजागर गर्छ । जुन हरेक समाजको तथा राष्ट्रकै विविधतापूर्ण सम्पदा हो जसले राष्ट्रको ईन्द्रेणी पहिचानमा थप आकर्सक रंग थप्छ ।

(ग) रैथानीकरणले शिक्षा प्रणालीमा (प्राथमिक स्कूलदेखि नै) रैथाने विश्वदृष्टिकोण, जीवन दृष्टिकोणहरू, जीवन समाज व्यवस्थापनका ज्ञानगुण तथा विधीविधानहरूको समावेशीकरणको आग्रह गर्छ ।

यसरी हेर्दा, डीकोलोनाईजेशनको प्रकृया र रैथानीकरण, यी दुवै आन्दोलनहरूले राज्यमा रैथाने भाषा, संस्कृति, अधिकार, राज्य सन्चालनमा सबैको निम्ती स्पेसको, हरेक संस्था तथा परियोजनाहरूमा समान सहभागिताको व्यवस्थाको वकालत गर्छन् । समान सहभागिता हुन सके मात्र सबैले ‘राज्य’लाई ‘राष्ट्र’ बनाउँन योगदान गर्छन् नत्र आन्तरिक उपनिवेरशवादीले नै सबै जातजातिहरूलाई उपनिवेश बनाएर शासन चलाएको हुन्छ – जुन अन्यायपूर्ण प्रणाली हो । अन्यायपूर्ण समाजमा शान्ति हुँदैन । यसरी डीकोलोनाईजेशन र रैथानीकरणलाई संगसंगै अघि बढाउँनु पर्छ ।

रैथानीकरणलाई डीकोलोनाईजेसनको अर्को पाटोको रुपमा हेर्ने गरिन्छ । उपनिवेशवादीहरूले जुन—जुन मुलुकलाई ‘कोलोनी’ बनाए त्यहाँको रैथाने ज्ञानगुन, संगीत, साहित्य, शैक्षिक र चिन्तन प्रणालीहरू ध्वस्त गरेर बिस्तारै आफ्ना दृष्टिकोणहरू, प्रणालीहरू लाद्ने काम गरे । तर, जब कोलोनीहरू उपनिवेशवादीहरूले छोडेर जानु परेपछि ’डीकोलोनाइजेशन’ सुरु भयो र यसै बेला सृजित ‘भ्याकुम’मा ‘रैथानीकरण’ गर्ने कामहरू अनेक मुलुकमा अनेक किसिमले भए, जसले अनेक अलमलहरू सृजना गरेको पनि देखिन्छ । डीकोलोनाइजेशन गर्ने ढंग नपुग्दा विदेशी उपनिवेशवादी गएपनि मुलुक भित्रैका शासक वर्गले फेरि ‘आन्तरिक उपनिवेश’ कायम गरेको पनि देखियो ।

के हो त डीकोलोनाईजेशन र रैथानीकरण ?

डीकोलोनाइजेशन

१, कुनै शक्ति राष्ट्रले उपनिवेश बनाएको मुलुकले राजनैतिक, प्रशासनिक, साँस्कृतिक, भाषिक र मनोवैज्ञानिक रुपमा स्वत्वन्त्रता हासिल गर्ने लामो प्रकृया नै डीकोलोनाइजेशन हो । डीकोलोनाईजेशन पछि ‘स्वशासन’ को प्रकृया सुरु हुन्छ । सारमा डीकोलोनाइजेशन भनेको :

(क) डीकोलोनाइजेसन, बाह्य हैकम (Impositions)हरूको सट्टा रैथाने विश्व दृष्टिकोण र विधीविधानहरूको पुनस्स्थापना गर्ने काम होस ।

(ख) डीकोलोनाइजेशनले रैथाने संस्कृति र परम्पराहरूको पुनस्स्थापना गर्ने काम गर्छ ।

(ग) डीकोलोनाईजेशनले शक्ति (पाश्चात्य) राष्ट्र या शासक समुह(जातिले ईतिहासलाई हेर्न लादेका दृष्टिकोणकोणहरूलाई विस्थापित गरेर आफ्नै रैथाने दृष्टिकोणहरूको पुनस्स्थापना गर्ने काम गर्छ ।

(घ) डीकोलोनाईजेशनले विदेशी या आन्तरिक उपनिवेशवादीहरूले लादेका शासन, विधीविधानहरूलाई विस्थापन गरेपछिको ‘भ्याकुम’मा रैथाने शासन र विधीविधान, भाषा, साहित्य तथा संस्कृतिहरूको स्थापन गर्नु पर्छ भनि वकालत गर्छ । यो हुन सकेन भने भारतको जस्तो अवस्था हुन्छ । भारतमा उपनिवेशवादी बृटिशलाई विस्थापित त गरियो तर आन्तरिक उपनिवेशवादीहरूले फेरि भारतका जातजातिलाई बृटिशलेभन्दा पनि नराम्रो किसिमले शोषण गर्दै शासन गरिरहेछन् । तथापी भारतमा अहिले डीकोलोनाईजेशनको आन्दोलन उठ्न खोजिरहेछ ।

२, रैथानीकरण : रैथाने जाति(जनजातिहरूको (उपनिवेशवादीले दबाएर राखेका) ब्रह्माण्ड, धर्ती, जीवन चक्र (जन्म(मृत्यू(मृत्यूपछिको पुनरजन्म, आदि) बारेका दृष्टिकोणहरू, जीवन(समाज व्यवस्थापनका ज्ञानगुन तथा विधीविधानहरूको पुनस्स्थापना गर्ने काम गर्नु नै रैथानीकरण हो । जस्तैः समाज सन्चालनका रैथाने विधी(प्रथाजन्य कानुन) हरूलाई पनि सरकारी नियम बिधानहरू बनाउँने आधारको रुपमा लिनु, जातजातिका आफ्नै मुन्धुम(परम्परागत संगीत(भाषा(साहित्यहरूको पुनस्स्थापना गरी राष्ट्रिय पहिचान तथा गौरवका अंग र तत्वका रुपमा स्वीकार गर्नु, आदि । सारमा रैथानीकरणले निम्न काम गर्छ ।

(क) रैथानीकरणको प्रकृयाले गैर(रैथाने जातजातिलाई कुनै रैथाने जातजातिका परम्परा र सँस्कृतिमा निहित मुल्य र मान्यता बारे बुझ्न मद्दत गर्छ । परिणामस्वरुप फरक—फरक संस्कृतिका समाजहरू वीच एकापसमा समझदारी तथा सहअस्तित्व बढाएर प्रकारान्तरले ‘राष्ट्रियता’को विकासमा योगदान गर्ने काम हुन पुग्छ । जस्तो, नेपालमा विदेह (ब्राह्मण) सभ्यता, कपिलवस्तु (क्षेत्री?) सभ्यता, (कर्णालीको) खस सभ्यता र नेपाल उपत्यकाको किरात सभ्यताहरूका मुल्य र मान्यताको आधारमा हालको नेपाल राज्यको जग बसेको र यी चारै सभ्यतामा निहित मुल्य(मान्यताका तत्वहरूको योगले सिंगो नेपालको पहिचान निर्माण (Construct) हुन्छ भन्ने कुरा स-सम्मान स्वीकार गरेपछि सबै जातजातिको पहिचान प्रति राष्ट्रिय मान्यता स्थापित हुने र सबैले आफुलाई मुलुककै पहिचानमा उपस्थित रहेको महसुस गर्ने भावनात्मक मिलानको काम समेत हुनेछ ।

(ख) रैथानीकरणले फरक-फरक सामाजले फरक—फरक किसिमले सोच्ने, निर्णय लिने र काम गर्ने गर्छन् भन्ने कुरा उजागर गर्छ । जुन हरेक समाजको तथा राष्ट्रकै विविधतापूर्ण सम्पदा हो जसले राष्ट्रको ईन्द्रेणी पहिचानमा थप आकर्षक रंग थप्छ ।

(ग) रैथानीकरणले शिक्षा प्रणालीमा (प्राथमिक स्कूलदेखि नै) रैथाने विश्वदृष्टिकोण, जीवन दृष्टिकोणहरू, जीवन समाज व्यवस्थापनका ज्ञानगुण तथा विधी विधानहरूको समावेशीकरणको आग्रह गर्छ ।

यसरी हेर्दा, डीकोलोनाईजेशनको प्रकृया र रैथानीकरण, यी दुवै आन्दोलनहरूले राज्यमा रैथाने भाषा, संस्कृति, अधिकार, राज्य सन्चालनमा सबैको निम्ती स्पेसको, हरेक संस्था तथा परियोजनाहरूमा समान सहभागिताको व्यवस्थाको वकालत गर्छन् । समान सहभागिता हुन सके मात्र सबैले ‘राज्य’लाई ‘राष्ट्र’ बनाउँन योगदान गर्छन् नत्र आन्तरिक उपनिवेरशवादीले नै सबै जातजातिहरूलाई उपनिवेश बनाएर शासन चलाएको हुन्छ – जुन अन्यायपूर्ण प्रणाली हो । अन्यायपूर्ण समाजमा शान्ति हुँदैन । यसरी डीकोलोनाईजेशन र रैथानीकरणलाई संगसंगै अघि बढाउँनु पर्छ ।

विक्रम सुब्बाको फेसवुकवालबाट

प्रकाशित : २९ पुस २०७५, आइतबार ००:००