११ चैत्र २०८०, आइतबार । March 24, 2024

अर्थ

राज्यमन्त्री चौधरीद्वारा महोत्सव उद्घाटन



नेपालगञ्ज, २६ पुस सङ्घीय सरकारका कृषि, भूमि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले मुलुकको समृद्धि र विकासका लागि आर्थिक सबलीकरण हुनुपर्नेमा जोड दिनुभएको छ ।

आजदेखि यहाँ शुरु भएको कृषि, पर्यटन, व्यापार तथा बृहत् सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उहाँले यसखाले महोत्सवको आयोजनाले मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक विकासका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्छ र किसानलाई प्रशस्त अनुदान सहयोग उपलब्ध गराउनुपर्छ ।”

माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा विभिन्न स्वदेशी तथा विदेशी वस्तु उत्पादनका ३०० कक्ष राखिएका छन् । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारका सांस्कृतिक प्रस्तुतिसमेत हुने संयोजक नन्द बुढाले जानकारी गराउनुभयो ।

प्रकाशित : २६ पुस २०७५, बिहिबार ००:००