८ बैशाख २०८१, शनिबार । April 20, 2024

छापा खबर

आजको पत्रपत्रिकाबाट



कान्तिपुर दैनिकले आज मन्त्रीभन्दा स्वकीय सचिवको भत्ता बढी भन्ने शीर्षकमा समचार प्राथमिकतासाथ छापेको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुधबार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको ५ महिनामा मन्त्री तथा उनीहरूका स्वकीय सचिवले बुझेको दैनिक भ्रमण भत्ता सार्वजनिक विवरण कान्तिपुर दैनिकले छापेको हो । त्यस्तै गरी इलामबाट डा.केशीको अनशन,बन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठद्धारा करोडौंंको भ्रष्टाचार लगायतका समचार प्राथमिकतासाथ छापेको छ । त्यसैगरी गोरखापत्र दैनिकले कोटेश्वर–कलङ्की चक्रपथ विस्तार सर्भिस ट्रयाक निर्माण नहुँदा जोखिम बढेको शीर्षकमा समचार छापेको छ । ‘हाती छि¥यो, पुच्छर अड्कियो’ भने झै कोटेश्वर–कलङ्की चक्रपथ विस्तार कार्य सम्पन्न भए पनि त्यसको ‘सर्भिस ट्रयाक’ को निर्माण कार्य भने अझै सम्पन्न हुन सकेको छैन । यसरी ‘सर्भिस ट्रयाक’ निर्माण हुन नसक्दा सवारी साधन र पैदल यात्रुहरुलाई द्रुतगतिमा सवारी साधन गुड्ने विस्तारित चक्रपथ भएर नै जोखिम मोलेर बाटो काट्नुपर्ने बाध्यता रहेको जनाएको छ ।राजधानी दैनिकले बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा मंगलबार राति आगोले जलेर छाउगोठमै आमासहित दुई बालकको मृत्यु भएको दुखत खबर छापेको छ । चिसोका बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिंदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको समचार प्राथमिकतासाथ छापेको हो । नयाँपत्रिका दैनिकले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ । अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी खबर प्राथमिकतासाथ समचार छापेको छ ।

प्रकाशित : २६ पुस २०७५, बिहिबार ००:००