६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

बेपत्ता बालिका मृत फेला



नवलपरासी, २५ पुस । पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी एक बालिका गण्डक नहरमा मृत फेला परेकी छिन्् ।

सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन् । उनी पुस १५ गतेदेखि हराइरहेकी थिइन् । उनको शव गण्डक पश्चिमी नहरको सुरजपूरा विद्युत् उत्पादनगृह नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । उनको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रकाशित : २५ पुस २०७५, बुधबार ००:००