१२ चैत्र २०८०, सोमबार । March 25, 2024

बिचार

साँस्कृतिक पूंजी रुपान्तरणको प्रश्न



भर्रखरै याक्थुङ/लिम्बू समुदायले चासोक तङनाम मनाए । किरात राई समुदायले (उधौली) साकेला मनाए । एवम क्रमले तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, माघी लगायतका चाडपर्वहरु विभिन्न आदिवासी÷जनजातीहरुले धुमधामका साथ मनाउँदै आएका छन् । साँस्कृतिक पूंजी निर्माण र रुपान्तरणको प्रश्नमा यी चाडपर्वहरुले उत्प्रेरकको भूमिका खेलेको छ ।

पूंजी भन्नाले धन अर्थात विभिन्न स्रोतहरुको एकमुष्ट संग्रह बुझिन्छ । आर्थिक प्रणालीमा पूंजीलाई पैसाको रुपमा लिने गरिन्छ । हामी स्पष्ट हुनुपर्छ कि, पूंजी भनेको एउटा प्रणाली हो । जसले बजार, सत्ता र समाजलाई प्रत्यक्ष रुपमा असर गर्दछ । पूंजीलाई विभिन्न डाईमेन्सनमा हेर्न सकिन्छ, ती मध्ये सांस्कृति पूंजी एउटा हो ।

विभिन्न आदिवासी÷जनजाती एवम् खस/आर्य समेतको संस्कृती र संस्कारको संयुक्त रुप नै साँस्कृतिक पूंजी हो । साँस्कृतिक पूंजीको आदिवासी÷जनजाती समुदायमा महत्व बढदै गएको देखिन्छ । राजनीतिक अधिकार प्राप्त गर्ने साधनको रुपमा साँस्कृतिक पुजीलाई सदुपयोग गर्न सकिन्छ ।
साँस्कृतिक पूंजीलाई सामाजिकरण गरेर उत्पीडित समुदायले, आफ्नो भाषा लिपी र संस्कारलाई थप समृद्घ गर्न सक्दछन  ।्साथसाथै राज्यसत्ता प्राप्तिको उत्तम बाटो पनि बन्न सक्दछ । चिनमा ‘माओ’ ले सुरुमा चिनियाँ साँकृतिक क्रान्ति गरे । समग्रमा, क्रान्तिलाई पूंजीकृत गर्दै सांस्कृतिक पूंजीको निमार्ण भयो । यो संगसंगै पछि ‘देनस्याओ पिङ’ ले आर्थिक पुंजीको रुपान्तरण गरे । यदि माओ ले साँस्कृतिक पूंजी निमार्ण नगरेको भए, चिनले आर्थिक पूंजीको निर्माण गर्न असमर्थ हुन्थ्यो । जुन पीडा नेपालले अहिले भोग्दै आएको छ । नेपालमा साँस्कृतिक पूंजीको ढिकुटीकरण गरेको भए, समृद्घिको नारा प्रभावकारी भएर जाने थियो । जुन सत्ता पक्षले कहिल्यै सोच्न सकेन ।

सन् १९७७ मा Bourdieu pierre र व्भबल Jean passerson ले साँस्कृतिक पूंजीको अवधारणा पेश गरेसंगै एकेडेमिक बहसमा साँस्कृतिक पूंजीले स्थान पाएको देखिन्छ । यसलाई शैक्षिक, राजनैतिक र विज्ञान जस्तो विभिन्न विद्यामा समेत प्रयोग गर्ने गरेको पाइन्छ । यो संगै विश्वमा अन्य धेरै अभ्यासहरु हुदै आएको पाइन्छ । नेपालको सन्दर्भमा, साँस्कृतिक पूंजीलाई पूंजीकृत गर्दै राजनितीक अधिकार प्राप्त गर्ने साधनको रुपमा समृद्घ गर्न जरुरी छ ।

सांस्कृतिक रुपान्तरणको प्रश्नमा, हामीले राज्यसत्ताको चरित्रलाई चिन्दै विभिन्न प्रगतिशिल कार्यक्रमहरु ल्याउन जरुरी छ ।

प्रकाशित : २४ पुस २०७५, मंगलबार ००:००