१० चैत्र २०८०, शनिबार । March 23, 2024

मुख्य खबर

दुई घण्टा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित



काठमाडौँ, २४ पुस । सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करीब दुई घण्टा प्रभावित भएको छ ।

विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार बिहान करीब ९ बजे विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा समस्या आएको थियो । लगत्तै विमानस्थलका प्राविधिकले मर्मत गरेका थिए । प्राविधिक मर्मतपछि बिहान ११ बजेदेखि नियमित उडान भइरहेको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

“सञ्चार प्रणालीमा लाइन सर्ट भएपछि समस्या आएको हो । टावर ठीकै थियो । हाम्रा इञ्जिनीयरले मर्मत गरेपछि सेवा सञ्चालन भएको छ । एक घण्टा ४० मिनेट जति मात्र उडान रोकियो । अवतरणमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा समस्या थिएन”, उहाँले भन्नुभयो ।

प्रकाशित : २४ पुस २०७५, मंगलबार ००:००