१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

रैथाने संगीत प्रस्तुति हुने



काठमाडौंस्थित बतिसपुतलीमा आज रैथाने संगीत प्रस्तुती हुँदैछ । नेपाल संगीत संस्कृतिमा सम्पन्न हुँदाहुँदै पनि संगीतसम्बन्धी अध्ययन अनुसन्धानका हिसाबले नेपाली समाज निकै पछाडि परेको र यस्तै अभावलाई मनन गर्दै नेपाली लोक र मौलिक संगीतबारे काम गर्ने उद्देश्यले रैथाने समूहको आयोजना उक्त प्रस्तुती हुने भएको हो । रैथाने संगीत क्षेत्रमा सक्रिय सर्जक, पत्रकार, अनुसन्धाता र समीक्षकहरुको उक्त रैथाने समूहले छलफल, सांगीतिक प्रस्तुति र शोधका माध्यमबाट नेपालको संगीत संस्कृति अध्ययन गर्नु मुख्य उद्देश्य लिएको आयोजकले जनाएको छ । उक्त रैथाने समूहको पहिलो संस्करण अन्तर्गत आज हुने भनिएको कार्यक्रममा लिम्बू समुदायमा रहेको लोक भाका हाक्पारे प्रस्तुती हुनेछ । लिम्बू समुदायका जीवनशैली, विश्वास र जीवनदर्शन परम्परागत रुपमा मुन्धुमका माध्यमबाट एक पुस्तादेखि अर्कोमा हस्तान्तरण गरिने गायन प्रणाली परम्परागत रुपमा रहीआएको छ । हाक्पारे लिम्बू गायन परम्पराको सबैभन्दा पुरानो लय÷शैली मानिन्छ । उक्त हाक्पारे गायनमा झुमा लिम्बू,मनु नेम्बाङ,लोकमान वनेम सहभागी हुनेछन् भने मुख्य वक्ताको रुपमा वैराँगी काइँला,चैतन्य सुब्बा रहेको आयोजक रैथान संगीत समूहले जनाएको छ । भिडियोका लागि तल लिंक गर्न होला । https://www.youtube.com/watch?v=pifszsLoUZg&fbclid=IwAR2V10PX2ehssPD1UqRQYukqJeSTIg1tJbxYKL2DsUyEFbmvd5mWlPyG1So

प्रकाशित : २४ पुस २०७५, मंगलबार ००:००