१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

बाघको छालासहित पक्राउ



राँझा, बाँकेको कोहलपुरमा बाघको छालासहित दु्ई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

दैलेखका ३६ वर्षीय कमल खत्री र कञ्चनपुरका २१ वर्षीय हरि ढकाललाई कोहलपुर नगरपालिका–११ बसपार्कबाट बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।
नेपाल प्रहरीको प्रदेश नं ५ अनुसन्धान ब्यूरो र इप्रकाबाट खटिएको टोलीले एक थान बाघको छाला र हड्डीसमेत बरामद गरेको उहाँले बताउनुभयो । बरामद छाला र हड्डी बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २४ पुस २०७५, मंगलबार ००:००