१४ चैत्र २०८०, बुधबार । March 27, 2024

Uncategorized

भोजपुर–चखेवा सडक कालोपत्रे शुरु



 

भोजपुर, मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवा सडक कालोपत्रे गर्न शुरु भएको छ । विभिन्न पाँचवटा खण्डमा काम भइरहेकामा पहिलो खण्डको साढे सात किलोमिटरमा कालोपत्रे शुरु भएको हो ।

भोजपुरको देउरालीचोकदेखि शेराखोलासम्मको कालोपत्रे भइरहेको छ । दोस्रो खण्डअन्तर्गत साढे सात किलोमिटर ग्राबेल तथा स्टक्चर र तेस्रो खण्डअन्तर्गत आठ किलोमिटरमा कटिङको काम तीव्र रुपमा काम भइरहेको इञ्जिनीयर रवीन्द्र महर्जनले जानकारी दिनुभयो ।

चौंथो खण्डअन्तर्गत १० किलोमिटर र पाँचौँ खण्डको १० किलोमिटरको स्टकचर र कटिङको काम भइरहेको सडक आयोजनाले जनाएको छ । सबै प्याकेजको प्रगति हेर्दा करीब ६० प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर महर्जनले बताउनुभयो । सडकस्तर उन्नतिको काम रोमन गोल्डेन जेभी, सेक्लोक वीर कन्स्ट्रक्सन, लामा गोल्डेन गुड कन्स्ट्रक्सनले लिएका छन् । सडक निर्माण नेपाल सरकारको रु एक अर्ब, ४० करोड, ९७ लाख ५२ हजार ३४८ मा भइरहेको छ ।

निर्माणको काम सम्झौताअनुसार २०७१ चैत ३ गतेबाट शुरु भएर २०७५ चैत अन्त्यमा सम्पन्न गरिसक्नपर्नेु भए पनि एक वर्ष म्याद थप गरेर २०७६ चैत अन्तसम्म पु¥याइएको आयोजनाका इञ्जिनीयर महर्जनले बताउनुभयो ।

वर्षात्को समयमा निर्माणका लागि चाहिने बालुवा, गिटी, ढुङ्गालगायतको ढुवानीमा समस्या हुने गरेकाले काममा केही ढिला हुने गरेको आयोजनाको भनाइ छ । सडकको भोजपुरबाट खोटाङको सिमाना चखेवासम्मको ४० दशमलव ५ किलोमिटर रहेको छ । सडक आयोजनाको कामले तीव्रता पाएपछि सो सडक भएर जिल्लाको पश्चिमी भेग हुँदै दिक्तेल सदरमुकाम जाने मानिस खुशी भएका छन् ।

प्रकाशित : २२ पुस २०७५, आइतबार ००:००